दार्चुला शैल्य शिखर देवथलीमा युवाहरुले निःशुल्क सञ्चालन गरे कक्षा

दार्चुला

विश्वमा भयाभयक रुपमा फैलिदै गएको कोरोनाको कारण चैत्र ११ गते देखि नेपाल सरकारले लकडाउन घोषणा गरे पछि विद्यालय लगायत सम्पुर्ण कुरा बन्द रहेको थियो । यस्तो अवस्थामा विगत लामो समयदेखि बन्दा बन्दीले विद्यार्थीहरुको मनोबल एकदमै कमजोर भएको र पढाइमा पटकै ध्यान केन्द्रित नभएको अवस्थामा दार्चुला शैल्य शिखर नगरपालिका ओडा नम्बर ७ मा रहेका युवाहरुले हुनैनाथ माध्यमिक विद्यालय देवथलीमा समाजिक दुरीको ख्याल गरी साथै कोरोना भाईर नर्सन सेन्टिाईजर र मास्कको पुर्ण पालन गरि विगत एक महिना देखि कक्षा ६ देखि १० सम्म निः शुल्क कक्षा सञ्चालन गरेका छन् ।

पढाइमा पटकै ध्यान केन्द्रित नभएको अवस्थामा स्वयं मैले विद्यार्थी भाई बैनीहरुको मनोबल बुझेर उनीहरुको शैछिक गुणन स्तर बढाउनुको लागि कोरोना भाइरस को पूर्ण पालना गरि विगत एक महिना देखि निःशुल्क कक्षा सञ्चालन गर्दै आएको सन्दीप जोशी ‘शंकर’ले बताए ।

शैल्य शिखरमा कोभिड–१९को महामारी अहिले सम्म शुन्य अवस्था मा रहेको छ भने आफुहरुले त्यहाँका स्थानिय तथा स्कुलका प्रधानाध्यपकहरु सँग सल्लाह गरी उनीहरुको रोहबरमा कक्षा सञ्चालन गरेको सन्दीप जोशीले बताए ।
कञ्चनपुरको महेन्द्रनगरमा अध्ययन गर्दै आएका जोशी कोभिड–१९को कारण लकडाउन पछि घर गएका थिए । उनीलाई यस कार्यमा रमेश प्रसाद जोशी र राजु जोशीले सहयोग गर्दै आएका छन् ।

ताजा समाचार