संघर्षका कार्यक्रममा साथ दिन बैतडी नेकपा विप्लवको आब्हान

बैतडी

नेकपा विप्लवका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्यूरो इन्चार्ज ओम पुन लगायतका नेता कार्यकर्ता पक्राउ गरेको बिरोधमा आईतबारदेखि घोषणा गरिएका चरणबद्ध संघर्षका कार्यक्रममा साथ दिन नेकपा बैतडी विप्लवले आब्हान गरेको छ । नेकपा बैतडीले एक प्रेस विज्ञप्ती जारी गर्दै संघर्षका कार्यक्रम सफल पार्नका लागि आब्हान गरेको हो ।

सरकारले आफुहरु बिरुद्ध आधारभूत लोकतान्त्रिक मान्यता बिरुद्ध गएको समेत नेकपा विप्लवको आरोप छ । सेती महाकाली ब्यूरो इन्चार्ज ओम पुन, ब्यूरो सदस्य पूर्णिमा, ६ महिनादेखि न्यायिक हिरासतमा रहेका बैतडी युवा संगठनका नि अध्यक्ष लोेकेश धामी करन ऐरीको हिराईको माग समेत गरेको छ । नेकपा बैतडीका सचिव परिर्वतन, इन्चार्ज किरणले हस्ताक्षर गरेको संयुक्त प्रेस विज्ञप्तीमा नचाहदा नचाहँदै सरकार बिरुद्ध ल्याएका साउन ४ कोण सभा, ५ राँके जुलुस, ६ सुदूरपश्चिम प्रदेश बन्द , ७ र ८ साउनमा सरकार सवारी साधन प्रतिबन्ध गर्न आब्हान गरिएकोछ । बन्दका कारण पर्न जाने असुविधाप्रति दुख व्यक्त गर्दै बन्दको उलङघन गर्नेले स्वयम क्षति व्यहोर्नुपर्ने चेतावनी दिएकोछ ।

सुपका स्थानीयले भने कोडिभबाट आक्रान्त बनेको प्रदेशमा बन्द हड्ताल भन्दा राजनीतिक समस्या राजनीतिक वार्ताबाटै समाधानमा जोडदिएका छन्. । विज्ञान र प्रविधिको युवामा बन्द हड्ताल भन्दा कुनै वैज्ञानिक वैकल्पिक संघर्षको कार्यक्रम संचालनमा समेत नागरिकले आग्रह गर्दै आएका छन् । तर, यसलाई नेकपा विप्लवले भने बाध्यता, नचाहँदा नचाहदै भनेको छ ।

ताजा समाचार