बेतकोट नगरपालिकामा कोरोना जाँच अधिकतम र उत्कृष्ट ब्यावस्थापन : नगर प्रमुख चन्द

  • मदनराज जोशी

कंचनपुर जिल्लाको बेतकोट नगरपालिकाले कोरोना जाँच अधिकतम गरेको र उत्कृष्ट ब्यावस्थापन गरेको नगर प्रमुख चन्दले बताएका छन् ।

कोभिड–१९ कोरोना भाइरसको महामारीमा बेदकोट नगरपालिकाले भारतबाट नेपाल आउने आफना वडाका नागरिकाहरुलाई सिमा क्षेत्रबाट ल्याएर १० वटै वडाका १७ वटा क्वारेण्टाइनमा २३६ महिला र १३८९पुरुष गरी जम्मा १६२५ जनालाई वारेन्टाइनमा राखेको थियो । त्यहाँ उनीहरुलाई खाना नगरपालिकाले नै व्यवस्थापन गरेकोे थियो ।  वेदकोट नगरपालिकाले क्वारेन्टाइनमा बसेका १४ दिन पुगेकालाई आरडिटि टेष्ट १७७९ जनाको गरेको थियो, तिन महिनाको अबधिमा आरडिटी चेकमा १३६ पोजीटिभ पछि उनीहरु सहित ३९९ जनाको पिसिआर परिक्षण गरेको थियो। ३९९ जना मध्ये पिसिआर पोजिटिभ ४६ जनाको आएको थियो । ति मध्ये तिन महिनाको अवधिभर ३३ जना हस्पिटलबाट डिस्चार्ज भएर घर गएका छन् । १३ जना महाकाली अस्पतालको आइसोलेशनमा उपचार गराई रहेका छन्। अहिले सम्म कसैलाई कोरोनाको कुनै लक्षण देखिएको छैन।

बेदकोट नगरपालिकाले कोरोना परिक्षण गर्न पिसिआर भीटिएम किट ४०० र आरडिटी किट ३०० आफैले खरिद गरेर विदेश बाट आएका व्यक्तिको क्वारेन्टाइन बसेको दोस्रो दिनमा नै पिसिआर जाँच गर्न स्वाब लिने व्यवस्था मिलाएको छ । पिसिहार जाँचको दायरा बढाएको छ। अहिले सम्म बेदकोट नगरपालिकामा कोरोना समुदायमा आइ पुगेको छैन। कुनै जोखिम छैन। तर सतर्क सजक भएर सामाजिक दुरी कायम गरेर काम गर्नु पर्ने देखिन्छ।
अहिले सम्म कञ्चनपुरका सबै नगरपालिका भन्दा बेदकोट नगरपालिका गम्भिर भएर लागेको नगर प्रमुख अशोक चन्दले बताउनु भयो ।

२०७७ असार ३१ गते सम्मको कञ्चनपुर जिल्लाभरको अवस्था, बेदकोट नगरपालिका पिसिआर स्वाब परिक्षण  ३९९, पोजिटिभ  ४६ जना, भिमदत नगरपालिका पिसिआर स्वाब परिक्षण १९९, पोजिटिभ  ३१ जना, माहाकाली नगरपालिका पिसिआर स्वाब परिक्षण ३९१, पोजिटिभ ५२ जना, शुक्लाफाँटा नगरपालिका पिसिआर स्वाब परिक्षण २२०, पोजिटिभ ४२ जना, कृष्णपुर नगरपालिका पिसिआर स्वाब परिक्षण ३७२, पोजिटिभ १६१ जना, पुनर्वास नगरपालिका पिसिआर स्वाब परिछण २४२, पोजिटिभ  ५८ जना, बेलौरी नगरपालिका पिसिआर स्वाब परिक्षण १९१, पोजिटिभ ३३ जना, बेलडाडी गाउपालिका पिसिआर स्वाब परिक्षण  ७२,  पोजिटिभ १८ जना, लालझाडी गाउपालिका पिसिआर स्वाब परिक्षण  ४०, पोजिटिभ १६ जना र महाकाली अस्पताल पिसिआर स्वाब परिक्षण ६५६, पोजिटिभ ११ जना। कञ्चनपुर जिल्लाभर पिसिआर स्वाब परिक्षण २६७५ पिसिआर स्वाब पोजिटिभ ४५९ जना।

यस बाट पनि कुन नगरपालिकामा कसरी कार्य भई रहेको छ भने कुरा छलङ्ग हुने नगर प्रमुख चन्दको दावी छ ।

ताजा समाचार