क्याम्पस प्रमुख जोशीको राजिनामा माग्दै जनज्योति क्याम्पसमा तालाबन्दी

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियूले कञ्चनपुर स्थित महेन्द्रनगरको जनज्योति बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । क्याम्पस प्रमुख प्रकास दत्त जोशीको राजिनामाको माग राख्दै अनेरास्ववियूले बिहीबार क्याम्पसमा तालाबन्दी गरेको हो ।


अनेरास्ववियू कञ्चनपुरका नेता कैलाशचन्द्र गिरीले क्याम्पस प्रमुखले काँग्रेसको काम गरेको आरोप लगाउँदै उनको कार्यकक्षमा तालाबन्दी गरेको बताए । ‘क्याम्पस प्रमुख जोशीले काँग्रेसको जुम प्रशिक्षण कार्यक्रमको सूचनालाई बिएसडब्लू समुहमा प्रचार ग¥यो, ‘उनले भने, ‘गत २५ असारमा नैतिकताका आधारमा राजिनामा मागेका थियौँ, दिनुभएन, ‘त्यही भएर आन्दोलित भएका छौँ ।’ उनका अनुसार क्याम्पस प्रमुखले राजिनामा नदिदासम्म तालाबन्दी नखोलिने र क्याम्पसका प्रबन्ध निर्देशक खेमलाल घिमिरे र संचालक समिति अध्यक्ष मनोरज जोशीलाई समेत क्याम्पस प्रमुखमा रोक लगाउने चेतावनी दिएको छ । क्याम्पस प्रमुखले क्याम्पसको हित भन्दा पनि पार्टीको काम गरेको अनेरास्ववियूको आरोप छ ।
क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको अनेरास्ववियू कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गर्दै शैक्षिक केन्द्रको रुपमा अगाडी बढिरहेको जनज्योति बहुमुखी क्याम्पस विभिन्न समयमा विवादित बस्दै गएको जनार्ईएको छ ।

‘पछिल्लो समय क्याम्पस प्रमुख नियुक्त गर्दादेखि नै विवादमा रहेका नेपाली काँग्रेस क्षेत्र नम्बर ३(क) का सभापति समेत रहेका क्याम्पस प्रमुखले पार्टीको जुम प्रशिक्षण कार्यक्रमको सुचनालाई क्याम्पसको विएसडब्लू समुहमा प्रचार गरेको विषयमा नैतिकताको आधारमा राजिनामा माग गरी ज्ञापन पत्र बुझाउँदा समेत प्रशासनले कुनै चासो नदेखाएको प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियूका अध्यक्ष विरेन्द्रराज विष्टद्वारा हस्तक्षरित गरिएको विज्ञप्तीमा अध्यक्ष जोशी, प्रबन्ध निर्देशक घिमिरेलाई प्रवेस निषेध र तालाबन्दीको अवज्ञा गरे उत्पन्न हुने परिस्थितिको जिम्मा क्याम्पस प्रशासनले लिनुपर्ने उल्लेख गरिएको छ । यस अघि क्याम्पस प्रमुखले जुम बैठकको सुुचनाको विषयमा २४ असारमा नियतबस नभई प्राविधिक त्रृटीबस भएको भन्दै माफि मागेको थियो ।

जनज्योति क्याम्पस प्रमुख प्रकास दत्त जोशीले नितान्त प्राविधिक त्रृटिबस सुचना साझा भएको बताए । ‘मैले यो विषयमा विद्यार्थी सहित २ लाख ५० हजार भन्दा बढि मानिससंग माफि मागिसकेको छु, ‘उनले भने, ‘महिनापछि मात्रै यो विषय उचाल्ने प्रयास भयो ।’ क्याम्पस प्रमुख भएपछि पार्टीको कुनैपनि जिम्मेबारीमा नरहेको दावि गर्दै जोशीले आफुमाथि राजनीतिक पुर्वाग्रही ढङगबाट दुष्प्रचार भईरहेको गुनासो पोखे । क्याम्पस प्रमुखको जिम्मेबारपछि क्याम्पस सुधारको पक्षमा लागि परेको बताउदै उनले फरक राजनीतिक विचार बोल्ने विद्यार्थीले आफु बिरुद्ध खेलिरहेको भूमिकाबारे अनविज्ञ रहेको बताए ।


 

ताजा समाचार