काठमाडौं
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका थिए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
संकलित रकम हस्तान्तरण गर्दै अध्यक्ष शेर्पाले अहिलेको असहज परिस्थितिमा पनि वीरमानले नेपाली खेलकुदमा पु¥याएको योगदानको उच्च सम्मान गर्दै सबै पदाधिकारी मिलेर सानो सहयोग गरेको बताए । उनले वीरमानको निधनबाट नेपालली खेलकुदले निकै प्रतिभावान खेलाडी गुमाएको बताए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
स्वर्गीय वाइवाका दाजु किसन वाइवाले विषम परिस्थितिमा पनि महासंघले भाइको योगदानप्रति सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले वीरमानको स्मृतिमा प्रतिष्ठान गठन गरिने जानकारी पनि दिए ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)