लकडाउनले कञ्चनपुर भन्सार ओरालोतर्फ, ५३ प्रतिशत मात्रै लक्ष्य

पुष्कर भट्ट
पश्चिम नेपालको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले अर्थिक बर्ष २०७६/०७७ मा त्रिपन्न प्रतिशत मात्रै भन्सार लक्ष्य प्राप्त गरेको छ । आर्थिक बर्षमा ४८ करोड ६८ लाख भन्सार संकलन गर्ने लक्ष्य रहेपनि २५ करोड ८४ लाख मात्रै भन्सार राजस्व संकलन गरेको छ । भारतको राजधानी दिल्लीसंगको नेपालको सबैभन्दा छोटो दुरीमा रहेको भन्सार लकडाउनका कारण ३ महिना ठप्प हुँदा भन्सारले लक्ष्य भेटाउन नसक्नु मुख्य कारण बनेको छ ।

कुल १२ महिनामा मंसिर बाहेक अन्य लकडाउन अघिका महिनामा पनि भन्सार लक्ष्य पुरा गर्न सकेको छैन् । कञ्चनपुर भन्सार कार्यालयको तथ्याङ्ग अनुसार मंसिरमा ३ करोड ८७ लाख ७७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ३ करोड ९१ लाख १६ हजार रुपैया संकलन गरेको थियो । मसिरमा मात्रै झण्डै १००.८६ प्रतिशत प्रगति भएको थियो । गत बर्षको पहिलो साउन महिनामा ३ करोड ९० लाख ७६ हजार रुपैया मध्ये २ करोड ३९ लाख १८ हजार, भाद्रमा ४ करोड ८८ लाख ३२ हजारमा ३ करोड २० लाख, २४ हजार, असोजमा ४ करोड ८८ लाख ३२ हजारमा ३ करोड २१ लाख ७ हजार, कार्तिकमा ३ करोड ८२ लाख ४३ हजारमा २ करोड ९० लाख १४ हजार रुपैया संकलन गरिएको छ । पुषमा ३ करोड ७९ लख ७४ हजारमा २ करोड ९७ लाख, ३३ हजार, माघमा ३ करोड ६२ लाख ७५ हजारमा २ करोड ७५ लाख, ९४ हजार, फागुनमा ३ करोड ८९ लाख ५ हजार २ करोड ५६ लाख २४ हजार रुपैया संकलन भएको छ ।

लकडाउन अघि मंसिर महिना बाहेक अन्य महिनामा समेत लक्ष्य अनुसार प्रगति हासिल गर्न सकेको छैन् । ६० प्रतिशतदेखि ६८ प्रतिशतसम्म मात्रै प्रगति भएको छ । चैत्र ११ देखि लकडाउन भएको महिनामा ३ करोड ६७ लाख ५० हजारमा ७१ लाख ५२ हजार रुपैया संकलन भएको छ । १० दिनको अवधिमा ७१ लाख ५२ हजार रुपैया संकलन भएको हो ।
चैत्र ११ देखि बैशाख, जेठसम्म लकडाउनका कारण भन्सार पूर्ण ठप्प भएको थियो । असारमा ४ करोड ५ लाख ७१ हजार रुपैयामा १ करोड ३६ लाख रुपैया मात्रै संकलन भएको थियो । ३५प्रतिशत मात्रै असारमा प्रगति हासिल भएको छ ।
चालु बर्षमा लकडाउन मुख्य कारण बनेपछि कञ्चनपुर भन्सारले अघिल्लो बर्षमा समेत लक्ष्य अनुसार भन्सार राजस्व संकलन गर्न सकेको छैन् । अर्थिक बर्ष २०७५/०७६ मा ४०करोड १२ लाख ८४ हजार राजस्व संकलनको लक्ष्य राखेकोमा ३६ करोड ६८ लाख ८६ हजार मात्रै राजस्व संकलन भएको थियो । ९१.४० प्रतिशत प्रगति हासिल गरेको थियो ।

भारतमा लागेको बस्तु तथा सेवाको मुल्यमा कर(जिएसटी)का कारण नेपालमा भन्सार राजस्वमा प्रभाव परेको तत्तालिन भन्सार अधिकारीले बताएका थिए । तर, अधिल्ला दुई बर्षमा भने भन्सार राजस्वमा लक्ष्य भन्दा बढि प्रगति भएको छ । आर्थिक बर्ष २०७३/०७४ मा १७ करोड ३ लाख ८९ हजारमा ४५ प्रतिशत बृद्धि भएर २४ करोड, ७७ लाख, ४३ हजार राजस्व संकलन भएको थियो । भने अर्थिक बर्ष २०७४/०७५ मा पनि सत प्रतिशत प्रगति भएको थियो । ३२ करोड ४७ लाख ७५ हजार लक्ष्यमा ३२ करोड ५३ लाख ९० हजार रुपैया संकलन भएको थियो । १००.१९ प्रतिशत प्रगति भएको   थियो । चालु आर्थिक बर्ष २०७६/०७७ मा लक्ष्य अनुसार भन्सार संकलन नभएपछि भन्सार विभागले आगामी अर्थिक बर्ष २०७७/०७८ मा ३४ करोड २९ लाख मात्रै राजस्व संकलनको टार्गेट दिएको छ ।

कञ्चनपुर भन्सारका भन्सार अधिकृत नवकुल शर्माले महाकाली नदीमा पुल नहुँदा र लकडाउनका कारण लक्ष्य अनुसार भन्सार संकलन नभएको बताए । ‘यस बर्ष लक्ष्य अनुसार भन्सार राजस्व संकलन नहुनु मुख्य कारण लकडाउनले तीन महिना भन्सार बन्द हुनु हो, ‘उनले भने, ‘महाकालीमा मोटरेबल पुल नहुनु अर्को कारण हो ।’ नेपाल भारत जोड्ने महाकाली नदीमा निर्माण भएको शारदा ब्यारेजबाट १० टन भन्दा माथिका सवारी साधन तथा समान ल्याउन नपाईने भएकाले पनि भन्सार लक्ष्य भेटाउन नसकिएको उनले बताए । अवैध खुला नाकाबाट चोरी तस्करी बढ्दा समेत भन्सार राजस्वमा बृद्धि नभएको उनको भनाई छ ।

१ असारदेखि भन्सार संचालनमा आएसंगै खाद्यान्न तरकारी लगायतका दैनिक उपभोग्य समाग्री आयात भईरहेको उनले बताए । गड्डाचौकी नाकाबाट बस्तु तथा सेवा समुद्रपार पैठारी कम हुने गरेको छ । नेपालबाट हस्तकलाका बस्तु तथा सेवा निर्यात हुने र दैनिक उपभोग्यका बस्तु तथा सेवा आयात हुने गरेको छ । चोरी पैठारी हुँदा र पुल नहुँदा भन्सार राजस्वका चुनौती रहेको पछ । लकडाउनका कारण भन्सारमा चहलपहल समेत घटेको छ । भन्सार राजस्व बृद्धिका लागि महाकालीका पक्की पुल आवश्यक रहेको यहाँका व्यवसायीको भनाई छ । कञ्चनपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पिताम्बर जोशीले महाकालीमा पुलसंगै सरोकारवाला पक्ष जिम्मेबार हुनुपर्नेमा जोडदिए ।

ताजा समाचार

This will close in 10 seconds