आधा ज्याला दिने भनेपछि मजदुर आन्दोलित

पुष्कर भट्ट

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आर्थिक बर्ष २०७६/०७७ मा संचालन भएको स्वरोजगार कार्यक्रम अन्र्तरत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ मा काम गरेका मजदुर आन्दोलित भएका छन् । दैनिक ज्याला रकम ५ सय १३ रुपैया दिने भनेपनि अहिले काम सकिएपछि आधा मात्रै रकम दिने भनेपछि वडा कार्यालय बिरुद्ध आन्दोलित भएका हुन् । बुधबार मजदुरले वडा कार्यालय घेराउ गरेका छन् ।

३४ दिन काम गरेको नवराज कलौनीले आफुहरुलाई स्थानीय सरकारले ठगेको बताए । ‘काम गराउँनु भन्दा पहिले दैनिक ५ सय १३ रुपैया दिन्छौँ भन्यो, ‘उनले भने, ‘अहिले काम सकिएपछि आधा मात्रै दिन्छु भनिरहेका छन् ।’ आधा रकम लिनु भन्दा फिर्ता गछौँ, भन्दै सबै मजदुरले वडा कार्यालय घेराउ गरेका थिए । भीमदत्त नगरपालिका १२का वडाध्यक्ष मजदुरले उठान गरेका माग बारे पहल भईरहेको बताए ।

उनले काम शुरु भएपछि एकै पटक अन्तिममा प्राविधिक फिल्डमा जाँदा समस्या देखिएको बताउदै मजदुरले काम गरेर भुक्तानी गरेको लागि निवेदन दिएपछि समस्या उत्पन्न भएको बताए । ‘माग अनुसार फिल्डमा काम देखिएन्, ‘अध्यक्ष देउपाले भने, ‘मजदुरको समस्या समााधानमा जुटेका छौँ ।’ मजदुरले प्रधानमन्त्री स्वरोजगारका नाममा श्रमशोषण गरेको दुखेसो पोखेका छन् ।

ताजा समाचार