रोजगार संवाद मञ्च कार्यविधिबारे छलफल

रोजगार संवाद मञ्चको संचालन तथा व्यवस्थापन कार्यविधि २०७७ बारे सरोकारवाला निकायसंग छलफल गरिएको छ । निड्स नेपाल कञ्चनपुरले निर्माण गरेको कार्यविधिबारे मंगलबार कैलाली कञ्चनपुरका रोजगार संयोजकसंग छलफल गरिएको हो ।

निड्स नेपालद्वारा संचालित दक्षता कार्यक्रम संयोजक विनोद कडाराले कार्यविधि प्रस्तुत गरेका थिए । कार्यविधिमा केही विषय परिर्माजन तथा थप्नुपर्ने रोजगार संयोजकबाट सुझाव आएको थियो । पाँच परिच्छेद १६ बुँदामा निर्माण भएको रोजगार संवाद मञ्च गठन कार्यविधिमा रोजगारदाता, सेवा केन्द्र लगायतका विविध विषय समेटिएका छन् । निड्स नेपालका तर्फबाट कार्यविधि डाप्टकर्ता अशोक पाण्डेयले कार्यविधिमा सुझाव अनुसार थपघट हुनुपर्ने बताएका थिए । निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बेरोजगारी र रोजगारदाताविचको खाडलपूर्ने बताए ।

‘रोजगारदाता र रोजगारकर्ताको पहिचान गरेर रोजगारी दिलाउने हो, ‘उनले भने, ‘पालिकास्तरिय कार्यविधि निर्माण गरेर रोजगारी दिने उदेश्य हो ।’ निड्स नेपाल कञ्चनपुरका अध्यक्ष अञ्जु भट्टले रोजगारदाता र रोजगारकर्ताविचको सामाज्यस्ता बढाउनु मञ्च आवश्यक रहेको औल्याईन् । ‘तालिम लिने धेरै हुन्छन्, तालिम दिएर काम गर्दैनन्, ‘उनले भनिन,। ‘अब त्यस्ताको पहिचान गरेर काम गर्नेलाई मात्रै तालिम दिनुपर्छ ।’

ताजा समाचार

This will close in 10 seconds