राष्ट्रसेवक_सुरक्षाकर्मी_तथा_डाक्टर ….

अरुको प्राणको निम्ति खट्दछन् वर वा पर ।
लगाई ज्यानको बाजी व्यस्त छन् खास ईश्वर ।।
व्यर्थको बातमा खाने मस्त छन् आज ती घर ।
दुःखका पीरका साथी उनै हुन् खास ईश्वर ।।

डठेकै छन् अहोरात्र सुकिला वस्त्रका पनि ।
सेवामा जहिल्यै देख्दा सम्झिँए ईश्वरै भनी ।।
कसैमा घरको चिन्ता कसैमा लालबालको ।
सेवामा व्यस्त छन् जैल्यै नमानी डर कालको ।।

आत्मै हो द्वोयको याैटै भोक तिर्खा कहाँ गयो ?
सबैको त्याग देखेर प्रसन्न ल‍ोक नै छ यो ।।
न्याय वा रोगका निम्ति खोज्छाै यिनै निरन्तर ।
रोगका दुःखका साथी यिनी हुन् गर आदर ।।

न गुम्बा मुर्ति वा मस्जिद ढुङ्गामा न त देवता ।
यीनै हुन् देवता खास धाउँछाै खोज्दछाै कता ??
जे देख्छु हो त्यही लेख्छु साचो मात्रै म गाउँछु ।
यी दुवै देवता निम्ति शीर्ष मैले झुकाउँछु ।।

ताजा समाचार

This will close in 10 seconds