माक्स नलगाई हिड्ने ३४ जना कारबाहीमा

मक्स नलागाई हिड्ने २१२ जनालाई सम्झाई बुझाई छोडिएको छ भने ३४ जनालाई संक्रामक रोग ऐन २०२०को प्रावधान अनुसार जनही रु. १०० जरिवान गरिएको छ

कञ्चनपुर

कोभिड– १९ को संक्रमण जोखिम न्यूनिकरण गर्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई न्यूतम २ मिटरको सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र स्यानिटाइजरको प्रयोग गर्ने भनी असार २६ गते देखि जनचेतना जगाई २७ गते देखि भीडभाड भएको स्थान र बजार क्षेत्रमा अनिवार्य माक्स लगाउन अनुरोध गर्दा पनि अटेरी गर्नेलाई जिल्ला प्रहरी कार्यालय ले कारवाही गरेको छ ।


जिल्ला प्रहरी कार्यालय, वडा कार्यालय, ट्राफीक कार्यालय र भीमदत्त नगरपालिका बाट तस्वीर देखाएर, रोकेर सम्झाई बुझाई साथै माईकिङ्ग गरी जनचेतना जारी गर्दा पनि नटेरी अटेरी गर्नेलाई आज सोमबार बजार क्षेत्रमा दिउसो २ बजे देखि ५ बजे सम्म मक्स नलागाई हिड्ने २१२ जनालाई सम्झाई बुझाई छोडिएको छ भने ३४ जनालाई संक्रामक रोग ऐन २०२०को प्रावधान अनुसार जनही रु. १०० जरिवान गरिएको छ ।

अब देखिम माक्स लगाए नलगाएको नियमित रुपमा चेकजाँच गरिने र आवश्यक परेमा कारबाही समेत गरिने भएकोले सबै कञ्चनपरवासीलाई अनिवार्य रुपमा माक्स लगाउन र जनस्वास्थ्य सुरक्षाको आवश्यक मापदण्ड पुरा गर्न जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

ताजा समाचार

This will close in 10 seconds