निर्धन उत्थान लघुत्तिय दोधारा चाँदनीद्धारा क्यान्सर पिडितलाई सहयोग

पप्पु गुरुङ्ग/दोधारा

निर्धन उत्थान लघुबित्तिय संस्था कञ्चनपुर जिल्ला स्वास्थ्य चौकी शाखाद्धारा माहाकालीका क्यान्सर पिडित एक छात्रालाई सहयोग प्रदान गरेको छ् । माहाकाली नगरपालिका वडा नं. ८ स्थित जर्का टोलका बिना देबी दमाईका छोरी वर्ष १३ का पिंकी दमाईलाई रु. ५ हजार नगद रकम प्रदान गरिएको छ् । पिंकी दमाई माहाकाली नगरपालिका वडा नं. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयका छात्रा हुन् । बिना देबी दमाई निर्धन उत्थान लघुबित्तिय संस्था दोधारा चाँदनी मातहतका गठित महिला समुहका सदस्य हुन् ।

छात्रा पिंकी बिगत लामो समय देखि ब्लड क्यान्सरबाट पिडित छन् । निर्धन उत्थान लघुबित्तिय संस्था दोधारा चाँदनीका दुखीराम बुढा थोकीले उक्त रकम संस्थागतरुपमा आज एक कार्यक्रमको बिच प्रदान गरेको निर्धन उत्थान लघुबित्तिय संस्था दोधारा चाँदनीले जनाएको छ् । संस्थाले उनको उपचारको लागी सहयोगार्थ उक्त रकम प्रदान गरेको निर्धन उत्थान लघुबित्तिय संस्था दोधारा चाँदनीका प्रमुख दुखीराम बुढा थोकीले जनाएका छन् । निर्धन उत्थान लघुबित्तिय संस्था दोधारा चाँदनीका प्रमुख दुखीराम बुढा थोकीले निर्धन उत्थान लघुबित्तिय संस्था देशकै अग्रणी लघुबित्तिय संस्था भएको हुदा सदस्यहरुलाई बित्तिय हित तथा गैरबित्तिय सेवा प्रवाह संगै आफ्नो ग्राहक सदस्यहरुको दुख पिडामा प्रत्यक्ष संगै रहेर सहयोग गर्ने गरि अभिभावकत्व निर्वाह गरेको बताए ।

यस्तै कार्यक्रममा उपस्थित निर्धन उत्थान लघुबित्तिय संस्था दोधारा चाँदनीका निमित्त लेखापाल दिव्यश्वर अवस्थीले बिषम परिस्थितीमा समेत कर्जामा ३ प्रतिशत ब्याज छुट दिएर सदस्यहरुको पिर मर्कामा प्रत्यक्ष राहत गर्दै आएको बताएका छन् । कार्यक्रममा समुहका सदस्यहरु, स्थानियबासीको उपस्थिती रहेको थियो । कार्यक्रम संस्थाका कर्मचारी दिलसरा राना मगरले सहजीकरण गरेका थिए । आर्थिक सहयोग प्राप्त गरेपछि छात्रा पिंकी दमाईको परिवारले निर्धन उत्थान लघुबित्तिय संस्थाका पदाधिकारीलाई पिडामा भएको बेला सहयोग गरेकोमा धन्यबाद दिएका छन् ।

ताजा समाचार