शुक्लाफाँटा नगरको ‘शहरी स्वास्थ्य भवन’ निर्माणमा बजेट भन्दा बढि खर्च देखाईयो

भ्रष्टाचारको नमुना भवन

कञ्चनपुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ कसरौलमा निर्माण भएको शहरी स्वास्थ्य भवन निर्माणमा नाङ्गो भ्रष्टाचार भएको देखिन्छ । सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयबाट आएको शहरी स्वास्थ्य भवन निर्माण भ्रष्टाचारको नमुना बनेको छ ।


१४ लाख ७५ हजार बजेटमा निर्माण भएको शहरी स्वास्थ्य भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै स्थानीयले बिरोध गरेका छन् । हुडमा जस्ता राखेर निर्माण भएको दुई कोठे भवन निर्माणमा भ्रष्टाचार भएको भन्दै स्थानीयले बिरोध गरेका हुन् । दुई शौचालय, दुई कोठा भवन निर्माणका लागि प्रसस्त बजेट भएपनि बजेट अनुसार भवन निर्माण नभएको स्थानीयको दावि छ । झ्ट हेर्दा बजेट अनुसार भवन निर्माण भएकाले स्थानीयले भ्रष्टाचार भएकै दावि गरिरेहका छन् । स्थानीय दिपक भट्टले सानो भवन निर्माणमा ठुलो बजेट खर्च हुँदा पनि भवनको दयनिय अवस्था रहेको बताए । उनले अनियमितता हुँदा पनि चारैतिर तैचुपमैचुपको अवस्था रहेको बताए । उनले बजेट दिने निकायबाटै भ्रष्टाचार भएको आरोप लगाए ।

दुई कोठे भवन र शौचालयका लागि प्रदेशको मन्त्रालयबाट आएको बजेट भन्दा उपभोक्ता समितिले बढि खर्च देखाईएको छ । प्रदेशबाट आएको भन्दा बजेट भन्दा ४ लाख ४० हजार ७ सय १२ रुपैया बढि खर्च देखाईएको हो । विभिन्न २१ शिर्षकमा खर्चको विवरण राखेर समितिले सम्झौता अनुसार भुक्तानीका लागि स्वास्थ्य कार्यालयमा निर्णय सहित पठाएको छ । समितिले १८ लाख, १५ हजार, ७ सय १२ रुपैया खर्च भएको देखाएको छ । उपभोक्ता समितिले विभिन्न २१ शिर्षकमा खर्च देखाईएको छ । जसमा अधिकाँस दोहोरिएका छन् । भवन चिनाई तथा प्लास्टर कार्यमा शिर्षक राखेर १ लाख, ७२ हजार, ५ सय र त्यही विषयमा अर्को शिर्षक राखेर भवन चिनाई तथा प्लास्टर ढलान भनेर १लाख ३९ हजार, ८ सय रुपैया देखाईएको छ । वालुवा, गिट्टी, डुङगा र काठ ढुवानी भनेर १ लाख २५ हजार देखाईएको छ । सिमेन्ट तथा अन्य समाग्री ढुजानी भनेर ३ हजार देखाईएको छ । ज्याला तथा हरेक समाग्रीको मुल्य बजार भन्दा चर्को राखेको छ ।
केही स्थानीयले भने उपभोक्ता समितिलाई गुमराहमा राखेर प्राविधिकहरुले कमिसन खाएकाले भ्रष्टाचार भएको समेत आरोप लगाएका छन् । स्थानीय चक्र्र साउदले प्राविधिक ईष्टमेट अनुसार काम भएको बताउदै त्यही अनुसार काम भएको भए भ्रष्टाचार नभएको दावि गरे । अन्य भए आफुलाई थाहा नभएको उनले बताए ।

श्रमदान र लकडाउनका कारण निर्माण समागीको मुल्य बृद्धि हुँदा खर्च भएको उपभोक्ता समितिको दावि छ । उपभोक्ता समितिका अध्यक्ष लालमन रानाले ईन्जिनियर र प्राविधिकले जे जे भन्यो त्यही अनुसार काम गरेको बताए । ‘हामीले स्टमेट अनुसारै काम गरेका छौँ, ‘उनले भने, ‘हामीबाट कमिकमजोरी भएको छैन्, ईन्जिनियर प्राविधिकबाट भएको हामीलाई थाहा छैन् ।’स्थानीय जनप्रतिनिधीले समेत भवन निर्माणमा अनियमितता भएको आशंकका गरेका छन् । भवन निर्माणका लागि खटिएका प्रदेश मन्त्रालय, प्राविधिकबाटै भ्रष्टाचार भएको जनप्रतिनिधीको दावि छ। शुक्लाफाँटा नगरपालिका ६का वडाध्यक्ष जग्ता रानाले स्टमेट गलत बनाएर प्राविधिकबाटै त्रृटि भएको बताए । ‘सानो भवन निर्माणमा बढि रकम लाग्दैन, ‘उनले भने, ‘अनियमितता गर्ने जो कोहीपनि कार्बाहीको भोगि हुनुपर्छ ।’ भवन निर्माण गर्दा वडासंग जमिन र सिफारिस बाहेक कुनै समन्वय नगरकेो उनको दुखेसो छ । ‘स्टमेट गर्दा आफै गए, ‘उनले भने, ‘आएको बजेट भन्दा बढि कसरी खर्च भयो ।’ केही स्थानीयले उक्त भवन भ्रष्टाचारको नमुना भवन भएकाले लज्जाबोध भईरहेको बताईरहेका छन् । स्थानीयले भवन निर्माणमा नाङगै आँखाले हेर्दा पनि भ्रष्टाचार भएकाले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय माग गरेका छन् ।

ताजा समाचार