कञ्चनपुरका शिशुदेखि बृद्धले कोरोना जिते

उपचारपछि महाकाली अस्पतालबाट एक महिनाको अवधिमा एक सय २० जना डिस्चार्ज

कञ्चनपुर
कञ्चनपुरमा शिशुदेखि बृद्धसम्मले कोरोना जितेका छन् । ११ महिने शिशुदेखि ७१ बर्षिया बृद्धले कोरोना जितेर महाकाली अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
महाकाली अस्पतालका अनुसार जेठ तेस्रो सातादेखि असार तेस्रो सातासम्म २६ महिला ९४ पुरुषले कोरोना जितेका छन् । संक्रमित भई उपचारका लागि महाकाली अस्पतालमा भर्ना भएका १ सय २० जना निको भएर घर गएका छन् ।
महाकाली अस्पतालको तथ्याङ्ग अनुसार काठमाण्डौँका दुई, भीमदत्त नगरपालिका २७, बेदकोट नगरपालिका ३३, शुक्लाफाँटा नगरपालिका १२, महाकाली नगरपालिका ९, पूनर्वास नगरपालिका १३, बेलौरी नगरपालिका २, चुवा नगरपवालिका ११, गोदाबारी नगरपालिका १, कृष्णपुर नगरपालिका ७ र लालझाडी गाउँपालिका ३ जना उपचारपछि निको भएका हुन् ।
अधिकाँस भारतबाट फर्किएका कञ्चनपुर, कैलाली र काठमाण्डौँका स्थानीय उपचारका लागि महाकाली अस्पतालमा भर्ना भएका थिए । कुनैबेला समान्य बिरामी हुँदा पनि महाकाली अस्पतालमा रिर्फर हुने समस्या भएपनि अहिले कोरोना संक्रमितको उपचार गर्न सफल भएको छ । कञ्चनपुरमा शिशुदेखि बृद्ध, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अधिकारकर्मी, भारतबाट फर्किएका मजदुरमा कोरोना देखिएको थियो ।
शुरुका चरण कोरोना संक्रमितको पुनःपिसिआर परीक्षण गरेर घर पठाएपनि पछिल्ला दिनमा कोडिभ १९ को केश आईसोलेशन व्यवस्थापन सम्बन्धी निर्देशिकाको बुदा नम्बर २.३(क) अनुसार आईसोलेशन कक्षमा १४ दिन पुरा गरेको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र रामशाहपथको पत्राचार अनुसार एक साता होम क्वारेन्टाईनमा बस्ने गरि संक्रमितलाई डिस्चार्ज गरिएको छ । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले जनशक्ति हुँदा अहिले महाकाली अस्पतालमा जनशक्ति र स्रोत साधन भएकै कारण कोरोना संक्रमित बिरामीको उपचार भईरहेको बताए । ‘अस्पतालका चिकित्सक एव स्वास्थ्यकर्मी खटिएका छन, ‘उनले भने, ‘कोरोनाका बिरामीका लागि अहिले छुट्टै अस्पताल पनि निर्माण गरिएको छ ।’ महाकाली अस्पतालमा उपचारका लागि आएका कसैको पनि मृत्यु नभएको बताउँदै अध्यक्ष जोशीले यो सुखद पक्षको बताए । ‘अहिलेसम्म सबै निको भएर घर फर्किएका छन, ‘अध्यक्ष जोशीले भने, ‘घर गएपछि पनि हामीले उनीहरुको स्वास्थ्यबारे फलोअफ गछौँ ।’
‘पहिले अन्य रोगका बिरामी पनि रिर्फर हुन्थे, ‘अध्यक्ष जोशीले भने, ‘अहिले कोरोना जस्तो जटिल रोग पनि उपचारमा सफल भईरहेका छौँ ।’ उनीहरुले अस्पतालमा नियमित चेकजाँच उपचार पछि निको भएको प्रतिकृया जनाएका छन् । बाँच्ने आश नभएपनि अस्पतालको उपचारपछि निको भएर घर जाँदा आफुहरु हर्षित भएको उनीहरुले बताएका छन ।
चिन्ता गरिएका संक्रमित पनि निको भएर गएपछि अस्पताल कोडिभ १९ नियन्त्रण एव उपचारका लागि सक्षम भएको स्थानीयको बुझाई छ । पछिल्ला दिनमा कोरोना संक्रमित निको हुन थालेपछि स्थानीयको समेत विश्वास बढ्दै गएको छ ।

ताजा समाचार