वडाध्यक्ष नाथ पच्चिस हजार धरौटीमा रिहा

कञ्चनपुर

कञ्चनपुरको भीमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथ धरौटीमा रिहा भएका छन् । ब्रम्हदेबको एक मदिरा पसलकी संचालिका महिलाले जबरजस्तीकरण गरेको भन्दै वडाध्यक्ष नाथ बिरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जबरजस्तीकरणी उद्योग अन्र्तरगत मुद्दा दायर गरेकी थिईन् ।

न्यायाधिश गोपाल प्रशाद बास्तोलाको ईजलासमा सोमबार जिल्ला अदालत कञ्चनपुरमा भएको थुनछेक बहसपछि अध्यक्ष नाथलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । न्यायाधिश बस्तोलाको आदेशपछि वडाध्यक्ष नाथले धरौटी रकम बुझाएपछि रिहा भएका थिए । १८ असार राती अध्यक्ष बिरुद्ध ब्रम्हदेब चौकीमा उजुरी दिएसंगै १९ असार(शुक्रबार) मुद्दा दर्ता भएको थियो ।

वडाध्यक्ष नाथका तर्फबाट अधिवक्ता कृष्णदेव जोशी, प्रकास पाण्डेय, तिर्जराज पन्त र उमेश राज विष्टले बहस गरेका थिए । वडाध्यक्ष नाथ प्रहरीको १२ दिन हिरासतबाट मुक्त भएका छन् । उनले अहिले प्रतिकृया नदिए पनि यस अघि राजनीतिक प्रतिशोधमा फसाएको बताएका थिए । केही स्थानीयले वडाध्यक्ष नाथले सार्वजनिक जमिन संरक्षण गर्दा उनी बिरुद्ध केही समुह राजनीतिक रुपमा प्रतिशोध साट्न लागि परेको बताएका छन् । महिलाले वडाध्यक्ष नाथले आफुसंग रामी छौँ, एक किस खान देउ भनेर होटलमै दुव्र्यवहार गरेको आरोप लगाएकी थिईन् । केही महिना अघि शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्षलाई पनि बलात्कार मुद्दामा फसाउन एउटा युवती खोजेर भिडाउनुपर्छ भन्दै नवराज धानुकले स्थानीयलाई उस्काएको अडियो प्रकरणको भीनपा ९ मा पनि पुर्नवृत भएको केही वडाध्यक्षले बताएका छन् ।

वडाध्यक्षलाई अरु मुद्दामा फसाउन सकिदैन, केबल एउटी सोझी केटी खोेजेर भिडाउने बलात्कार गरेको आरोपमा मात्रै वडाध्यक्षलाई फसाउन सकिन्छ भन्ने षड्यन्त्रको जस्तै भीनपा ९ का वडाध्यक्ष नाथलाई फसाउन प्रपञ्च रचिएकाले कञ्चनपुरका वडाध्यक्षहरुले घटनाको चौतर्फि सुक्ष्म अनुसन्धानमा जोडदिएका थिए । स्थानीय समाजसेविले वडाध्यक्षलाई मदिरा सेवनको मौकाछोपी आरोप लगाएकाले मदिरा कुन ठाँउमा खाने कहाँ कहिले कसरी खाने भन्ने विषयमा ध्यान दिनुपर्नेमा सजक हुन आग्रह गरेका छन् ।

ताजा समाचार

This will close in 10 seconds