भोकालाई भोजन : विपन्न भन्छन्, ‘खाद्यान्न अभावको बेला माईती नेपाल सहारा’

पप्पु गुरुङ्ग /दोधारा 

लकडाउनले एकातिर दैनिक हुने कमाईको बाटो बन्द । अर्का तिर खाद्यान्नको अभाव । यस्तो अवस्थामा धेरै विपन्न नागरिक भोक भोकै परिरहेका बेला माइती नेपाल कञ्चपुरले सामुदायिक भँन्सा अभियान सुरु भएको छ् । लकडाउनका कारण दैनिक छाक टार्न नसक्नेहरुका लागी निशुल्क खानाको व्यवस्था मिलाइएको हो ।

कोही पनि भोको नरहोस् भन्ने मान्यता राखेर कञ्चनपुरको बिभिन्न स्थानमा निरन्तर निशुल्क खानाको प्रवन्ध गरिएको माइती नेपाल कञ्चनपुरका प्रमुख तथा सामाजिक अभियन्ता महेश्वरी भट्टले जानकारी दिएका छन् । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी गरिएको लकडाउनको समयमा समस्यामा परेका महिला बालबालिकालाई पोषिलो खाना खुवाईरहेको हो । १६ असार देखि माईती नेपालले कञ्चनपुरका विपन्न समुदायका बस्तीका महिला र बालबालिकालाई सामुदायिक भान्सा मार्फत पोषिलो खाना खुवाउने अभियान सुर गरेको थियो । कोरोना रोकथामका लागी सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण खाद्यान्न संकटमा परेका अति बिपन्न परिवारहरुको उद्धारका लागि कन्चनपुरमा सामुदायिक भान्सा अभियान सुरु गरिएको माईती नेपाल कन्चपुरका संयोजक महेश्वरी भट्टले बताएका छन् । युएन ओमनको आर्थिक सहयोगमा माईती नेपाल कञ्चनपुरले अति बिपन्न परिवार तथा टोलको पहिचान गरी आफैले तयार पारेको खाना तथा पोसिलो खानेकुराहरु दैनिक एक छाक टोल तथा समुदायमा पुगी बितरण कार्य अघि बढाईएको उनको भनाई छ । सामुदायिक भान्सा अभियानमा सहभागी हुनेहरुको सामान्य स्वास्थ्य परिक्षण गर्दै सामाजिक दुरी समेत कायम गरिदै आएको छ् ।

दैनिक २ सय ५० जनालाई खाना उपलब्ध गराउने लक्ष्यका साथ सामुदायिक भान्सा कार्यक्रम आज माहाकाली नगरपालिकामा सुरु गरिएको छ् । माहाकाली नगरपालिका वडा नं. ६ को बादी बस्ती र वडा नं. ९ को ढकनाघाट क्षेत्रमा गरि माईती नेपालले दुई स्थानमा सामुदायिक भान्सा आज देखि संचालन गरेको छ् । माहाकाली नगरपालिका वडा नं. ६ का वडा सदस्य भुवन आले मगरले माइती नेपाल कञ्चनपुरले लकडाउनको कारण गरिब तथा बिपन्न परिवारको घरमा चुल्हा जलाउन हम्मे हम्मे परेको अवस्थामा पोषिलो एक छाक खानाले उनिहरुमा निकै सहयोग पु¥याएको बताउदै गरिब बस्तीमा खाना बितरण गरि सहयोग पु¥याएकोमा माइती नेपाल कञ्चपुरका प्रमुख महेश्वरी भट्ट र माइती नेपाल कञ्चनपुरको टिमलाई धन्यबाद दिएका छन् । सामुदायिक भान्सामा खाना लिन आएका माहाकाली नगरपालिका वडा नं. ६ का ७० वर्षिय तुल्सा देबी दमाईले बस्तीमा छाक टार्न समस्यामा परेका आफु जस्तै थुप्रै घरपरिवार माइती नेपालको सामुदायिक भान्सामा सहभागी हुन पुगेको बताउदै कोरोना भाईरसको कारण आफन्तको भारतमा जागिर गुमेर खाली हात फर्केको कारण घरमा चुल्हा जलाउन आफुहरुलाई समस्यामा पर्दै गएको बेला माइती नेपाल कञ्चनपुरले दैनिक एक छाक खाना बितरणले घरमा भएको रासन बचेको बताएका छन् ।

तुल्सा देबी दमाईले घरमा खाद्यान्न अभाव रहेको बेला दैनिक एक छाक खाना पाएकोमा माईती नेपाल कञ्चनपुरका प्रमुख महेश्वरी भट्टलाई धन्यबाद दिदै आगामी दिनहरुमा आफ्नो बस्तीमा यस्तै बिभिन्न खाले कार्यक्रम लिएर सहयोग पु¥याउन अनुरोध समेत गरेका छन् । माहाकाली नगरपालिकाको वडा नं. ६ र वडा नं. ९ मा गरिब तथा अति बिपन्न परिवारले माईती नेपालको कार्यक्रमलाई स्वागत गर्दै खुशीको साथ पोषिलो खाना बितरणमा स्थानियहरु सहभागी भएका थिए । माइती नेपालको सामुदायिक भान्सामा उपस्थिती तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाले माइती नेपाल कञ्चपुरका सामुदायिक भान्सा अभियान गरिब तथा अतिबिपन्न घर परिवारलाई प्रत्यक्ष असर पु¥याउने कार्यक्रम रहेको बताउदै नेपाल सरकारले लकडाउन गरेपछि माहाकाली नगरपालिकाका गरिब तथा अतिबिपन्न परिवारमा ठुलो मारमा पर्दै आएको बताए । माइती नेपाल कञ्चनुरको गरिब तथा अतिबिपन्न परिवारको लागी सामुदायिक भान्सा अभियान निकै लाभप्रद कार्यक्रम रहेको तत्कालिन दोधारा गाबिसका अध्यक्ष बेल बहादुर रानाले बताउदै माइती नेपालको पुरै टिमलाई बिशेष धन्यबाद दिएका छन् ।

ताजा समाचार