कार्यकर्ता रिहाईको माग नेपाल

कम्यूनिष्ट पार्टी(नेकपा) बैतडीले कार्यकर्ता रिहाईको माग अघि सारेकोछ । बिना कारण नेता कार्यकर्तालाई बैतडी प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपाले स–सम्मान रिहाईको माग अघि सारेको हो ।

नेकपा बैतडीले एक प्रेस विज्ञप्ती जारी गर्दै लिपु लेक,कालापानी,लिम्पीयाधुरा प्रकरणका साथै कोभिड–१९ र बाढी,पहीरोको कारण आक्रान्त भएर छटपटाईरहेका जनताका विचमा राजनीतिक भण्डाफोर,जनचेतनामुलक,राहत वितरण र मर्मत(निर्माणका कार्यहरुमा सहभागि भईरहेको यतार्थता सवैमा स्पष्ट पारेको छ । सरकार अनुदार अनुहार निर्लज्जताका साथ प्रदर्शन गर्दै जनताको उपचार, उद्दार, राहत वितरणका कार्यक्रम संचालन गर्नुको साटो भ्रष्टाचार, घुसखोरी,कालो बजारी,तस्करीका साथै असमान र विभेद पुर्ण एमसीसी सम्झौता गर्न तीर षड्यन्त्र मुलक तरीकाले भगीरथ प्रयत्नमा लागिरहेको नेकपाको ठहर छ ।

‘हाम्रा नेता, कार्यकर्ता माथि धरपकड, गिरफ्तारी, झुठा मुद्दा थोपर्ने काममा अग्रसर भएको देखिन्छ, ‘विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘राज्यद्वारा संचालित श्वेत आतंक प्रति निन्दा एवं तिव्र रुपमा घृणा व्यक्त गर्दै हिजो गिरफ्तार गरीएका करण ऐरी र आज पाटन न.पा. १० हतासमा जनसेवाको कार्यमा सहभागि युवा संगठन नेपालका सेती–महाकाली व्युरो ईन्चार्ज एवं जिल्ला सचिवालय सदस्य क.कमल भट्टलाई यथाशिघ्र स–सम्मान रिहाईको माग गर्दछौं ।’ नेकपा बैतडी इन्चार्ज किरण र सचिव परिर्वतनले हस्ताक्षर गरेको विज्ञप्तीमा स्थानिय तह विघटन हुने गरी पेचिला र सर्त रहीत संघर्षका कार्यक्रम अगाडी बढाउने घोषणा गरिएको छ । राष्ट्र सेवक कर्मचारी,सुरक्षाकर्मि मित्रहरुलाई दलालको उक्साहटमा नपरी राष्ट्र र जनताको हितमा काम गर्नका लागि हार्दीक आह्वान गरिएको छ ।

ताजा समाचार

This will close in 10 seconds