कुटनीतिक पहल गरेर भारतीय पक्षबाट अवरोध गरिएको हुलाकी राजमार्गको माग शुचारु गर्न नेकपाको माग

लाल ब. एसके/कञ्चनपुर

गत साता भारतीय पक्षबाट अवरोध गरिएको कञ्चनपुरको बेलौरी नगरपालिका ८पचुई स्थित हुलाकी राजमार्ग क्षेत्रको नेकपा नेताहरुले अवलोकन गरेका छन् ।

नेकपा सत्ताधारी क्षेत्र नम्बर १का नेता कार्यकर्ताहरुले संयुक्त अवलोकन शनिबार गरेका हुन् । मातृभुमी रक्षार्थ जनतालाई सजग बनाउने तथा सीमा समाधानका लागि कुटनैतिक पहल गर्न दवाब दिने उदेश्यका अनुगमन गरिएको नेताहरुले बताएका छन् । सरकारले भारतिय ज्यादतीका विरुद्ध स्पष्ट नीति लिए सँगै भारतले बिनाकारण सिमामा विवाद सृजना गर्ने प्रयास गरिरहेको बताउदै नेकपा केन्द्रिय सदस्य तथा पुर्व मन्त्री लाल बहादुर बिश्वकर्माले मातृभूमि रक्षाका लागि नेकपा डटेर लाग्ने बताउनु भयो ।

उनले भारतले पुन सडक अवरोध गर्ने प्रयास गरेमा सिंगो पार्टी पंक्तिनै सडकमा खडा भएर सिमाको पहरेदार गर्ने र कामलाई कुनै पनि हालतमा रोक्न नदिने प्रतिबद्धता गर्नुभयो। उहाँले भन्नू भयो “ सुगौली सन्धि अनुसार सिमा कायम गरिनु पर्छ अन्यथा नेपाललाई कुनै पनि हालतमा स्वीकार्य नहुने र मातृभूमि रक्षाका लागि सिंगो जनता सिमामा खडा हुने जिकिर गर्नु भयो । कंचनपुरको दक्षिणी क्षेत्र प्यारातालको पिलर नम्बर १९४ देखि २०० नम्बर पिल्लर बेलडाँडि सम्म नै जटिल समस्या रहेको बाताउनु भयो ।

उहाँले सर्भे टोलि प्रमुख मधुकर मास्के प्रती नै संका व्यक्त गर्दै सत्य तथ्य छानबिन गर्न समेत माग गर्नु भएको छ । नेकपा नेता तथा अन्तर्राष्ट्रिय सिमा सरोकार समुह कंचनपुरका संयोजक पल्लव राज भट्टले बिबादास्पद सिमा समाधानको लागि पटक पटक गृह मन्त्रालय, भुमी सुधार मन्त्रालय लागाएत संबंधित सबै निकायमा ज्ञापन पत्र बुझाईसकेको बताउदै नेकपा अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड ले सिमा सर्भे समितीले तयार पारेको स्ट्रिप नक्सामा नेपालले असहमति जनाउदै हस्ताक्षर नै नगरेको भन्दै यसबारेमा कुटनैतिक पहल गर्ने प्रतिबद्धता जनाएकोले यो समाधान हुनेमा आफुहरु आशावादी भएको बताउनु भयो।

सयोजक भट्टले जब सम्म स्टिप नक्सालाई सुगौली सन्धि यताका नक्सा संग तुलनामा गरिदैन तबसम्म समस्या समाधान नहुने जिकिर गर्नु भयो। भारतिय पक्षको हितमा हुने गरि स्टिप नक्सा तयार गर्ने मधुकर मास्केलाई समेत छानबिनको दायारामा ल्याउनु पर्ने माग सयोजक भट्टको छ ।

ताजा समाचार