दोदा नदिमामा नवजात शिशुको बेवारिसे शव फेला

झलारी

कृष्णपुरको दोदा नदीमा नवजात शिशुको बेवारिसे शव फेला परेको छ । कृष्णपुर नगरपापालिका–२ वाणी स्थित दोदा पुलमुनी पानीमा आधा भाग गाडीएको अवस्थामा नवजात वालिकाको शब फेला परेको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

पुलको दक्षिणी भागमा कपडाले बेरेर नदीको पानीमा आधा भाग वालुवाले गाडेको अवस्थामा शिशुको शव भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी प्रमुख प्रहरी निरिक्षक धर्मेन्द रावलले बताउनुभयो । नजजात वालिकाको शव पोष्टमाटमका लागी महाकाली उपप्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनावारे अनुसन्धान गरिरहेको वताएको छ । प्रहरीले अवैध गर्भबाट जन्मेको बच्चा मारेर फालेको हुनसक्ने आशंका गरिएको वताएको छ ।

ताजा समाचार

This will close in 10 seconds