भृकुटीको अध्यक्षमा युवा नेता भट्ट

प्रेमराज भट्ट/कंचनपुर 
भृकुटी माध्यमिक विद्यालय भीमदत्तनगर–४ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा नेतासमेत रहेका समाजसेवी शुशिल भट्ट चयन हुनु भएको छ ।

भृकुटी माध्यमिक विद्यालयमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट भट्टलाई वि.व्य.स को अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको हो । राजेन्द्र आग्री र जीत बहादुर चौधरी दुवैले अध्यक्षको पदमा दवेदारी गरेका थिए । उनि दुवै बैठक छोडेर गए पछि भट्टलाई बहुमतले सर्वसम्मत चयन गरीएको भृकुटी माविका प्राधानाध्यापक र्हक बहादुर विष्टले बताउनु भयो ।

नेता भट्ट नेपाल टे«ड युनियन कंचनपुर जिल्ला अध्यक्ष तथा होटल व्यवसायी संघ कंचनपुरका महासचिव रहेका छन् ।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा चयन भएपछि महेन्द्रनगरका युवा व्यवसायी समेत रहेका भट्टले विद्यालयको भौतिक सुधारसँगै बदलिदो परिवेशमा प्राविधिक शिक्षामा जाडदिने योजना रहेको वताए । उनले सबैको साथ र सहयोग पाए विद्यालयलाई नमूना विद्यालयका रुपमा स्थापित गर्न सकिने दावि गरे ।

पूर्व विद्यार्थी नेता भट्ट शिक्षा प्रेमी तथा समाजसेवी व्यक्तित्वका रुपमा चिनिनु हुन्छ भने उनी भीमदत्तनगरका जनप्रतिनिधि समेत हुन् । भट्ट अध्यक्षमा चयन भएसँगै उनलाई समाजिक सँजालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । ९ सदस्यी भृकुटीको वि.व्य.स.मा अन्य सदस्य पूर्ववत रहेका छन् ।

ताजा समाचार