रेडक्रसको पहलमा लकडाउनको कारण समस्यामा परेका दोधाराका विपन्न परिवारलाई कोरियाबाट सहयोग

पप्पु गुरुङ्ग, दोधारा

महामारी कोरोना संक्रमणको क्रममा सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गका परिवारलाई रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपालीहरुले सहयोग पठाएपछि दोधारा स्थित रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखाले ३८ जना घरपरिवारलाई राहत बितरण गरेको छ् । आज एक कार्यक्रमको बिच नेपाल रेडक्रस सोसाईटी उपशाखा कार्यालयमा दोधाराका अतिबिपन्न र अपांग घरपरिवारलाई राहत बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापति राजेन्द्र मल्लले जानकारी दिएका छन् ।

रोजागरीको सिलसिलामा कोरिया रहेका माहाकाली नगरपालिकाका युवाहरुले कोरोना भाइरसको कारण नेपाल सरकारले संक्रमण रोक्न लकडाउन गरेपछि रोजगारी गुमेर घरको चुल्हा जलाउन हम्मे–हम्मे परेको ३८ जना बिपन्न तथा अपांग घरपरिवारलाई प्रत्येक घरको लागी १० केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ केजी नुन, २ प्याकेट चाउचाउ र १ थान मास्क बितरण गरेको नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखाका सभापति राजेन्द्र मल्लले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको पहलमा दोधारा निवासी हाल कोरियोमा रहेका प्रेम बहादुर रावत, बुन्त थापा, एआर शाही लगाएत १० जनाको टोलीले रु. ३९ हजार ३ सय ३२ रुपिँया पठाएका थिए ।

लकडाउनले गरिब तथा बिपन्न परिवारजनलाई खानाको लागी निकै समस्यामा परेको हुदा उनिहरुलाई केही दिनको लागी खानाको लागी भएपनि सहयोग गर्ने प्रयास गरेको कोरियाबाट प्रेम बहादुर रावत, बुन्त थापा, एआर शाही लगाएत १० जनाको टोलीले खबर पठाएका छन् । बिगत केही महिना देखि दोधारा चाँदनीमा स्थित रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखाले क्वारेन्टाईनमा रहेका र बिपन्न परिवारको दुखमा मलहम लगाउने प्रयास गर्दै आएको छ् । रेडक्रस सोसाईटी दोधारा उपशाखाको पहलमा मलेशियाबाट नेपालीहरुले पठाएको रु. ५१ हजार ६ सय ४२ रुपिँया बराबरको राहत दोधाराका बिपन्न परिवारलाई बितरण गरेको हो ।

रेडक्रस सोसाईटी उपशाखाका कोषाध्यक्ष हरि प्रसाद बरालका अनुसार लकडाउन तथा त्यसबाट उब्जेका समस्यामा गरिब तथा बिपन्न परिवारलाई नेपाल रुेडक्रस सोसाईटी दोधारा उपशाखाले बिभिन्न संघ संस्था तथा ब्यक्तीहरुलाई अनुरोध गरि सहयोग गर्ने कार्य अघि बढाएको बताएका छन् । देश तथा बिदेशमा रहेर लकडाउनको बेला समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका सबै युवाहरुलाई बिशेष धन्यबाद प्रदान गरिएको छ् ।

ताजा समाचार

This will close in 10 seconds