आज बाट मास्क अनिवार्य नलगाए ठाउँको ठाँउ कारवाही

कञ्चनपुर 

कोभिड –१९को बढ्दो स्वरुप लाई मध्य नजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले शुक्रबार विभिन्न स्थानमा हिँडडुल गर्दै गरेका सर्वसाधारणलाई अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको थियो । साथै प्रहरी तथा नगरपालिकाको भ्यानमा पनि माईकद्वारा मास्क लगाउन अनुरोध गरिएको थियो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै हिँडेको उनले बताए।

पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ । “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उनले भने, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।” विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ । “सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उनले भने, “मास्क आँफै स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।” जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।

कोभिड–१९ ले विश्वमा त्रास फैलाई रहेको बेला एक व्यक्ति बाट अर्को व्यक्तिमा सर्न नदिन मासक अनिवार्य गरिएको हो । त्यसैले आज  बाट मास्क नलगाए ठाउँको ठाँउ कारवाही गरीने भएको छ ।

ताजा समाचार