संघिय सरकार र प्रदेश सरकारले पनि लालझाँडी गाउँपालिका विकासको लागि बजेट छुटेयाउनु पर्ने : वडायक

कञ्चनपुरको लालझाँडी गाउँपालिका सदरमुकाम देखि ४६ कि.मि.को दुरीमा रहेको छ । यस गाउँपालिकाका अध्यक्ष मदन सेन वडायक र उपाध्यक्ष सत्य देवी महरा रहनु भएको छ ।

च्ुनाव भएको तिन वर्ष पुग्दा यहाँ विकासले छलाङ्गमारेको स्थानिय बताउदँछन् । पहिले भन्दा धेरै विकास भएको र ठाउँ ठाउँमा पुल तथा सडकमा ग्राभेलिङ्ग गर्ने काम तिव्र रहेको छ तर ठेकेदारहरुले पुल निर्माणको लागि ठेक्का लिएर पनि काम सुस्त गर्ने गरेको स्थानियहरु बताउछन् । चारै तिर खोला नलाले घेरेको यस गाउँपालिकामा ठुलठुला पुल / सडक बनाउन आवश्यक रहेता पनि बजेटको कमिले आवश्यक भए जति पनि पुल निर्माण गर्न सकिएको छैन् । विकासले गति लिदै गर्दा जति हुनु पर्ने थियो त्यती विकास गर्न नसकेको अध्यक्ष वडायक बताउछन् । संघिय सरकार र प्रदेश सरकारले गाउँपालिका तिर ध्यान नदिदाँ बाटो पिचमा तिब्रता लिन नसकिएको दुःख व्यक्त गरे ।

गाउँपालिकाको थौरै बजेटले सबै विकासका काम गर्न नसकिने भएकोले संघिय सरकार र प्रदेश सरकारले पनि यस क्षेत्रको विकासको लागि बजेट छुटेयाउनु पर्ने उनले बताए । सानो क्षेत्र त्यसमा पनि पहिले देखि नै धेरै पिछडिएको ठाँउ जहा सुन्य बाट शुरु गर्नु पर्ने अवस्था छ, अरु नगरपालिका र गाउँपालिकामा धेरै विकासको काम भई सकेको थियो भने लालझाँडी गाँउपालिका सबै भन्दा पछाडिएको क्षेत्र भएको हुनाले आफुले सुन्य बाट काम सु्रु गर्नु परेको अध्यक्ष वडायक बताउनु   हुन्छ ।

स्थानियहरु भने वडायक अध्यक्ष भएर गाउँपालिकाको विकासको लागि रात दिन खटिनुको साथै सबै सँग हातेमालो गरेर काम गरेको बताउछन् ।

ताजा समाचार