सेनाले बालउद्यान निमार्णगरि विद्यालयलाई हस्तान्तरण

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाको देवीदल गणले भीमदत्त नगरपालिका-१६ परखेडीमा बालउद्यान निमार्ण कार्य सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिएको छ। बालउद्यान निमार्णका लागि सेनाले आर्थिक रकम २५ लाख सहयोग गरि भीमदत्त नगरपालिका र नेपाली सेनाको सहकार्यमा बालउद्यान निमार्ण कार्य सम्पन्न गरिएको हो ।

सेनाको समुन्वयमा निमार्ण गर्ने भनिएको बालउद्यान निमार्ण सम्पन्न पछि हस्तान्तरण गर्दा गौरवान्वित भएको देवीदल गणका गणपति राजु बस्न्यातले बताए । बि.स २०७६ साल श्रावणमा नेपाली सेना र भीमदत्त नगरपालिकासँग समन्वय गरेर विद्यालयको एक विगाहा क्षेत्रफलको जमिनमा विद्यालयको लागि सहयोग स्वरुप सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापन समितिले बालउद्यान निर्माण गर्ने योजना बनाएको थियो ।

हस्तान्रण कार्यक्रममा सेनाले वाल उद्यान निमार्णमा सहयोग गर्ने स्थानिय सरकार तथा स्थानियको महत्वपुर्ण सहयोग भन्दै प्रशसंनिय कार्य भएको र आउँदा दिनमा सेनाले आम नागरिक माझ सहकार्य गरि थप कार्यक्रम गर्दै जाने र गणको तर्फबाट यसअघि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । गणपतिका अनुसार, अहिले सम्म आफ्नै मेडिकल क्याम्प खडा गरेर समय- समयमा गएको गणले झण्डै ५ लाख बराबरको नि:शुल्क औषधी वितरण गरि बिरामीको निशुल्क उपचार गरिरहेको र स्टेस्नरी, खेलकुद, मेडिकल क्याम्प, लगायत अन्य क्षेत्रमा सहयोग गरीयता पनि बाल उद्यान निमार्ण कार्य भने अहिले सम्मकै ठूलो र पहिलो कार्यक्रम रहेको देवी दल गणका गणपति राजु बस्न्यातले बताउनु भौं ।

निकुञ्जको मध्यवर्ती क्षेत्रहरुमा समाजिक सहयोगी भूमिका खेल्दै आएको र गणकै विशेष सहयोगमा विद्यालयसँग सहकार्य गरेर बालउद्यान निर्माण गरिएको छ । नगरपालिकाले २० लाख र सेनाको २५ लाखको सहयोगमा बालउद्यान निमार्ण गरिएको हो।

आज भएको सरस्वती बाल उद्यानको उद्दघाटन तथा चाबी हस्तान्रणका कार्यक्रमका सभापति भी न.पा .१६ का वडा अध्यक्ष सुरेन्द्र विष्ट, प्रमुख अतिथीमा सुदूरपश्चिम प्रदेश, सुदूर पश्चिम पृतनाका पृतनापति उपरथि निर्मलकुमार तथा  विशिष्ट अतिथी श्री २५ बाहिनी भगतपुरका बाहिनीपती सहायकरथी शंकर बहादुर पंडित रहनु भएको थियो भने कार्यक्रम संञ्चालन राजेन्द्र बहादुर चन्दले गर्नु भएको थियो ।

 

ताजा समाचार

This will close in 10 seconds