मातृभूमि रक्षाका लागि एकै दिन कञ्चनपुरमा सशस्त्र प्रहरीका ‘चार बिओपी’ स्थापना

 पहिलाद राना/कञ्चनपुर
मातृभूमि रक्षाका लागि सशस्त्र प्रहरी बलले एकै दिन कञ्चनपुरमा चार बोर्डर आउट पोष्ट(बिओपी) स्थापना गरेको छ । बिहीबार सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी झलारीले कञ्चनपुरका चार स्थानमा ‘चार बिओपी’ स्थापना गरेको  हो । भारतसंग सीमा जोडिएको कञ्चनपुरका तीन स्थानीय तहमा चार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति बीरसिह शाहुले महाकाली, बेलौरी र पुनर्वास नगरपालिका चार स्थानमा बिओपी स्थापना गरिएको बताए । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार महाकाली नगरपालिका १ बैलबन्द, पुनर्वास नगरपालिका १० दोदा पुल र बेलौरी नगरपालिका २ थापाचौराह र १० भुडामा एकसाथ बिओपी स्थापना गरिएको बताए । ‘अहिले हामीले आफैले अस्थायी प्रकृतिको भवन निर्माण गरेका छौँ, ‘उनले भने, ‘निकट समयमै विभागबाट भवन स्वीकृत भएकाले पक्की भवन निर्माण गछौँ ।’ सीमा क्षेत्रमा स्थापना गरिएका बिओपी मार्फत मातृभूमि र सीमा क्षेत्रमा हुने गैर कानुनी गतिबिधी नियन्त्रण गरिने सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए ।
चारै बिओपीको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल बैद्यनाथ बाहनीका बाहनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राष्ट्रले दिएको जिम्मेबार बहनका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बिओपी स्थापना गरिरहेको बताए । बिओपी स्थापनासंगै सीमा सुरक्षा, शान्ति सुरक्षा, गैर कानुनी गतिबिधी नियन्त्रण एव जनताको जिउधनको सुरक्षा गरिने बताए । १० बर्ष अघि कञ्चनपुरमा सीमा सुरक्षाका लागि एक मात्रै कार्यालय थियो हाल १० बिओपी स्थापना भएका छन् । ६ महिना अघि मात्रै सशस्त्र प्रहरीले पुर्नवास नगरपालिका ९ को विचफाँटा र बेलडाँडी गाउँपालिका ५को झिलमिलामा बिओपी स्थापना गरिसकेको छ । भारतसंग कुल १२९. ५ किलोमिटर सीमा जोडिएको कञ्चनपुृरमा नयाँ चार थपिएसंगै ६ गरि ११ बिओपी स्थापना गरिएका छन् ।
कञ्चनपुरको ब्रम्हदेब, चाँदनी बलबन्द, दोधारा, बेलडाँडी, भुडा, बेलौरी, थापाचौहा, आनन्द बजार, विचफाँटा, दोदामा बिओपी स्थापन भएका हुन् । पछिल्लो समयमा सरकारले सीमा क्षेत्रमा नेपाली सुरक्षाकमीको उपस्थिति बढाउनका लागि बिओपी स्थापनासंगै मातृभूमि र गैर कानुनी गतिबिधी रोकिने स्थानीयले बताएका छन् । कञ्चनपुरको बेलडाँडी सीमावर्ती गाउँका स्थानीय युवा कैलाशचन्द गिरीले सरकारले राष्ट्रिय स्वाभिमान र सुरक्षाका लागि पछिल्ला बर्षहरुमा चासो देखाएपछि पटक पटक भारतबाट अनावश्यक नेपाली भूमिमाथिको हस्तक्षेप रोकिने आशा व्यक्त गरेका छन् । सशस्त्र प्रहरीले कञ्चनपुरको सीमा क्षेत्रमा दरिलो उपस्थिति देखाउँने आएको छ ।
लकडाउनकै विचमा पनि सशस्त्र प्रहरीले मातृभूमि रक्षाका लागि भन्दै बिओपी स्थापना गरेपछि सीमावर्ती क्षेत्रका जनता मात्रै होईन जिल्लाभरीका जनता हर्षित भएका छन् । कोडिभ १९ रोकथाम तथा नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले यस पछि पनि सीमा क्षेत्रमा बिओपी स्थापना हुने सशस्त्र प्रहरीले जनाएको छ ।

ताजा समाचार

This will close in 10 seconds