सुदूरपश्चिम प्रदेशकाे आगामी आर्थिक वर्षको वजेट परित, साउन १ देखि नै पूजीगत बजेट खर्च गर्न पाउने

सुदू्पश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७७/०७८ बजेट पारित भएको छ । बुधवार बसेको प्रदेशसभाको छैटौं अधिवेशनको २५ औं बैठकवाट सर्वसहमतले पारित भएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको प्रस्तावलाई विपक्षी दलहरुको नारावाजी चलिरहेकै अवस्थामा सभामुख अर्जुनबहादुर थापाले निर्णयार्थ पेश गरेपछि बजेट सहजै पारित भएको हो ।

सभामुख अर्जुनवहादुर थापाले निर्णयार्थ पेश गर्दा हुन्न भन्ने आवाज नआएपछि सर्वसहमतले बजेट पास भएको घोषणा गरेका हुन। आगामी आर्थिक वर्षका लागि साउन पहिलो साता देखि बजेट प्राप्त गर्ने निकायले पूजीगत बजेट समेत खर्च गर्न पाइनेछ । विनियोजन ऐनमा यसपटक आर्थिक वर्ष शुरु भएको पहिलो दिनदेखि नै बजेट खर्चको अख्तियारी स्वतः पाएको मानिने गरी कानूनी ब्यवस्था गरिएको छ ।

बजेटसँगै प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न पाउने विधेयक पनि पारित भएको छ । बजेट पारित हुनुअघि प्रदेशसभा सदस्य महेशदत्त जोशीले बजेटको समर्थनमा बोलेका थिए । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रदेशसभा सदस्यहरुले बजेटका बिषयमा उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । यसअघि प्रदेश सभाको बैठक प्रारम्भ भएको सभामुख थापाले घोषणा गर्नासाथ प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरु नारावाजी गर्दै रोष्ट्रम घेर्न पुग्दा लगातार ९ मिनेटसम्म नारावाजी गर्न दिएपछि सभामुख थापाले बैठकको कारवाही शुरु गरेका हुन।

असार १० गते यता लगातार सदनमा प्रतिपक्षीको अवरोध रहेपछि असार २१ गतेदेखि अवरोधकै वीच सदन सञ्चालन गरी बुधबार बजेट पारित गरिएको र कोरोना संक्रमण रोकथामको प्रभावकारी नगरेको, खर्च विवरण सार्वजनिक गर्न माग गर्दै प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र अर्को प्रतिपक्षी दल जनता समाजबादी पार्टीले सदनमा अवरोध गरेका थिए । प्रदेश सभाको अर्काे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ

ताजा समाचार

This will close in 10 seconds