नेपाल प्रहरीको २८औं आईजीमा थापा क्षेत्री

नेपाल प्रहरीको २८औँ प्रहरी महानिरीक्षक(आइजिपी)मा शैलेश थापा क्षेत्री नियुक्त भएका छन्।

मंगलबारको मन्त्रिरिषद बैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको र गृह मन्त्रालयले ज्येष्ठता, कार्यक्षमता, र कार्यसम्पादनसमेतको मूल्यांकनका आधारमा आइजिपीमा बढुवा गर्न उनको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

थापा २०६७ साल फागुन १५ गते एआइजीमा बढुवा भएका थिए। थापा २०४९ वैशाखमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए।

ताजा समाचार

This will close in 10 seconds