कोरोना जितेका कञ्चनपुरका स्वास्थ्यकर्मीलाई मेलानद्वारा सम्मान

कोरोना भाईरस रोकथाम तथा निदानका लागि अग्रमाोर्चामा रहेर काम गर्ने कञ्चनपुरका पाँच स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका थिए । संक्रमित पाँचै जना स्वास्थ्यकर्मीले कोरोना जितेर पुन काममा फर्किएका छन् । कोरोना जितेका स्वास्थ्यकर्मीको हौसलाका लागि सम्मान गरिएको छ । मंगलबार मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान कञ्चनपुर) ले महेन्द्रनगरमा सम्मान गरेको हो ।

मेलान कञ्चनपुरका उपाध्यक्ष केशव राज जोशीले कोडिभ १९ को आग्रमोर्चामा रहेर कामगर्ने पाँच जना ल्याब टेक्निसियनलाई सम्मान गरेको बताए । उनका लालझाडी गाउँपालिका ल्याब असिस्ष्टेन्ट श्याम राना, बेदकोट नगरपालिका ल्याब असिस्टेष्टद्वय प्रेम धामी, शुशिला बोहरा, पुनर्वास नगरपालिका ल्याब असिस्टेन्टद्वय जनक धामी र दुर्गादत्त भट्टलाई सम्मान गरिएको छ ।

उनीहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले पाँचै जनालाई दोसल्ला ओढार सम्मान गरेका थिए । स्वास्थ्य कार्यालय कञ्चनपुरले सुनारले उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । सम्मानबाट काम गर्न थप हौसला प्रदान गरिएको कोरोना जितेका स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना संक्रमितलाई समाजको अधाग सहयोग आवश्यक रहेको उनीहरुको भनाईछ । मेलान कञ्चनपुरका उपाध्यक्ष जोशीले अव उपरान्त कोडिभ १९मा खटिने स्वाथ्यकर्मीलाई उच्च सुरक्षाका साथ स्रोत साधन दिनुपर्नेमा जोडदिए ।

ताजा समाचार