बागफाँटामा कृषिबाली सुधारका लागि बीउ उत्पादन केन्द्र स्थापना

कृषिबाली सुधारका लागि कञ्चनपुरमा उन्नत बीउ उत्पादन केन्द्र स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनले भीमदत्त नगरपालिका १९ बागफाँटामा बीउ उत्पादन केन्द्र निर्माण गरेको हो । परियोजनाले कञ्चन सिड कम्पनीलाई बिउ प्रशोधन भण्डार घर, उपकरण हस्तान्तरण गरेको छ ।

मंगलबार एक कार्यक्रमका विच प्रदेश सभा सदस्य तथा पुर्वराज्यमन्त्री प्रकास बहादुर रावलले कञ्चन सिड कम्पनीका संचालक समितिलाई बिउ प्रशोधन केन्द्र हस्तान्तरण गरेका छन् । प्रदेश सभा सदस्य रावलले बिउ उत्पादन, प्रशोधनका उपकरण कञ्चन सिड कम्पनीका अध्यक्ष सुनिल सेटी, भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष दामोदर महरालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुप प्रदेश सभा सदस्य रावलले आत्मनिर्भर बन्नका लागि आधुनिक कृषि प्रणाली नै मुल आधार भएको बताउदै उनले सदुपयोगमा जोडदिए ।

कोडिभ १९ परास्थ गर्न र आर्थिक विकासका लागि कृषि नै मुल आधार भएकाले बीउ उत्पादन केन्द्र नियमित संचालन गर्न सुझाव दिए । भीमदत्त नगरपालिका १९ का वडाध्यक्ष दामोदर महराले आफ्नो वडामा बिउ प्रशोधन केन्द्र स्थापनासंगै यस क्षेत्रको कृषिक्रान्ति हुने आशा व्यक्त गरे । ‘यहाँका किसान सदैव बिउबिउन अभावमा तडपिरहन्थे, ‘उनले भने, ‘अब त्यो समस्या हट्ने छ ।’ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालय प्रमुख सन्जु रिमाल(जोशी)ले दिगो रुपमा बिउ घर संचालनमा जोडदिईन् । धान जोन संचालक समितिका अध्यक्ष दरशथ भण्डारीले बिउ प्रशोधन भण्डार मार्फत शुरुमा धान र गहुँको बिउ उत्पादन हुने बताए । ‘गाउँमै धान र गहुँको बिउ ग्रोडिङ्ग गरेर प्रशोधन गरिन्छ, ‘उनले भने, ‘त्यसपछि उन्नत बिउ उत्पादन गरिन्छ ।’ अब बिउ प्रशोधन केन्द्र स्थापना भएसंगै किसानसम्म सिधै बिउ पु¥याउन सकिने अध्यक्ष भण्डारीले बताए ।

गाउँमै बिउ प्रशोधन केन्द्र स्थापनासंगै किसान लाभान्वित हुने छन् । कञ्चन सिड कम्पनीका पदाधिकारीले किसानको माग अनुसार बिउ प्रशोधन केन्द्र संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयका कर्मचारी, जनप्रतिनिधी धान जोनका पदाधिकारी, कञ्चन सिड कम्पनीका कृष्ण शाह, नारती विष्ट,किसान लगायतका स्थानीयको उपस्थिति रहेको थियो ।

ताजा समाचार

This will close in 10 seconds