भारतीय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रमा जनबाहनीद्वारा अनुगमन

 किरण चौधरी / कञ्चनपुर
भारतीय पक्षले कञ्चनपुरको बेलौरी नगरपालिका ८पचुई क्षेत्रको निर्माणाधिन हुलाकी राजमार्ग अवरोध गरेपछि जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य) सहितले स्थलगत अनुगमन गरेका छन् ।
सोमबार स्थलगत अनुगमन गर्दै जनबाहनीका संयोजक ओझाले भारतीय विस्तारवादको नेपालीमाथि ज्यादती भएकाले बताएका छन् । भारतले अनावश्यक विवाद झिक्न नहुने उनको भनाई छ । नेपाली राष्ट्रियता एव जनतामाथिको प्रहार भएको उनले बताए । अनावश्यक विवाद हटाएर नियमित काम गर्न दिन उनले भारतीय पक्षसंग आग्रह गरे । भारत अनावश्यक जिपिएरको ब्याख्या गरिरहेको उनले बताए ।
कुनै युद्धकै जस्तो गरि हतियार फौजफक्ड जत्था ल्याएर नेपालमा बनिरहेको हुलाकी राजमार्ग निर्माणमा अबरोध गरेका थिए । पश्चिम कञ्चनपुरदेखि तराईका जिल्ला हुँदै पुर्व झापा जोड्ने नेपालकै दोस्रो लामो राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अवरोध गरेको थियो ।

ताजा समाचार