ठेकेदारको लार्पबाहीले बेलडाँडी दैजी सडकखण्ड बल्मा नदीमा ज्यानमारा खाडल

कञ्चनपुर

कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो दुरीमा रहेको दैजी बेलडाँडी सडक खण्ड अन्र्तरगत दैजीको बल्मा नदीमा एक ज्यानमार खाडल छ । हुलाकी राजमार्ग अन्र्तरगत दैजीदेखि बेलडाँडी सडकखण्ड जोड्ने बल्मा नदीमा पुल निर्माणका लागि ठेकेदारले लार्पबाही ढिलासुस्ती गर्दा यात्रुको ज्यानै जाने खतरा छ ।

केही बर्ष अघि सो नदीमा जिल्ला विकास समिति मार्फत स्लेभ निर्माण गरिएको थियो । सवारी साधनको चाप र समयमै उचित मर्मत नहुँदा स्लेभ फुटेर खाडल बनेकोछ । सो नदीमा पुल निर्माणको लागि ढिलासुस्ती गर्दा मोटरसाईकल, साईकल र पैदल यात्रु बढि जोखिममा छन् । आधा मोटरसाईल डुब्ने खाडल बनेपछि यात्रुलाई सास्ती मात्र होईन, नयाँ मान्छेलाई जोखिम बढेको छ । निरन्तर यात्रा गर्नेलाई यहाँनिर खाडल छ, भनेर थाहा पाएपछि होसियारीपुर्वक यात्रा गर्छन, भने नयाँलाई थाहा नहुँदा ज्यान खतरामा पुगेको छ ।

जोखिम सबैलाई भएपनि ठुला सवारी साधन भन्दा साना सवारी साधन जोखिममा परेका छन् । दैनिक सयौँ ट्रक र टेक्टरमा ग्राभिलिङ्ग ओसार्ने काम भएपछि सो खाडलमा कसैले पनि ग्राभिलिङ्ग हाल्न ईच्छुक छैनन् । पुल निर्माण गरिरहेको निर्माण कम्पनी र हुलाकी सडक निर्माण गरिरहेको अर्को निर्माण कम्पनी दुवैले खाडल मर्मतका लागि कुनैपनि पहल समेत गरेका छैनन् । स्थानीय तह, प्रदेश र सघीय सरकारका कुनैपनि निकायले जनताको जोखिम बुझेका छैनन् । यात्रुहरुले दैनिक जसो लड्ने गरेका छन् । भाग्यले मात्रै जान बचेको छ । नदीमा पानीको बहाब बढेका बेला झनै जोखिम हुने भएकाले यसतर्फ सरकारी निकायले ध्यान नदिदा यात्रुको जान खतरामा रहेको छ ।

ताजा समाचार