छिमेकीको हत्या गरी फरार अभियुक्त पक्राउ

सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा छिमेकीको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका वडा न. ५ मा शनिवार राती १० बजे खाना खाने क्रममा एक्कासि आएर बन्चरो प्रहार गरि छिमेकीको हत्या गरेर फरार भएका गौरब खडका ( गोरे) पक्राउ परेका छन् । उनलाई सोमबार आज बिहान घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर थापा क्षेत्रीले जानकारी दिए । उनलाई जिल्लामा ल्याएर पत्रकार सम्मेलन गरि हत्यारा सार्वजनिक गर्ने उनले बताए ।

शनिवार ५० वर्षीय गोपाल कुँवरलाई छिमेकी गोरे भनी चिनिने ४० वर्षीय गोरख बहादुर खड्काले घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेका थिए । फरार आरोपितको खोजीका लागि नेपाल प्रहरीले कुकुर समेत परिचालन गरेको थियो । अहिलेको पछिल्लो समयमा हत्या हिंसा दिनप्रतिदिन बढ्दै गएका छन।

ताजा समाचार