वडाध्यक्ष नाथलाई राजनीति प्रतिशोध साँट्न योजनाबद्ध ढङगबाट फसाईएको भन्दै प्रर्दशन

कञ्चनपुर
भीमदत्त नगरपालिका ९ नम्बरका स्थानीयले वडाध्यक्ष राम नाथ(योग)लाई राजनीतिक रुपमा योजनाबद्ध हिसाबले फसाउन ठुलो षड्यन्त्र भएको बताएका छन् । होटल संचालिका महिलालाई अघि सारेर राजनीतिक प्रतिशोधन साँट्न योजनाबद्ध ढङगबाट फसाईन खोजिएको बताएका हुन् ।
उनीहरुले वडाको सार्वजनिक जमिन संरक्षण गर्न केही विकास बिरोधी समुहले पुर्व योजना बनाएर फसाउन महिला प्रयोग गरेको आरोप लगाएका छन् । आईतबार सयौँको संख्यामा सदरमुकाम पुगेका स्थानीयले निर्दोष वडाध्यक्षलाई फसाउन प्रपञ्च रचिएको भन्दै आन्दोलन गरेका छन् । राजमार्ग भएर बिरोध प्रर्दशन गरेका स्थानीयले प्रशासन, नगरपालिका हुँदै जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीयले केही दिन अघि शुक्लाफाँटा नगरपालिका ८ नम्बरका वडाध्यक्षलाई फसाउन राजनीतिक पुर्वाग्रह राखेर केही समुहले बलात्कार बाहेक अरु मुद्दामा फसाउन नसकिने भएकाले युवती खोजेर भिडाउने बलात्कार मुद्दा जेल कोच्ने जुन प्रपञ्च रहेका थिए, नाथ बिरुद्ध समेत त्यही भएको बताएका थिए ।
स्थानीय करन नाथले यतिसम्म ठुलो अवराधमा मुछेर निर्दोष मान्छेलाई फसाउन केही भीमदत्त नगरपालिकाकै कर्मचारी सकृय रहेको बताए । ‘वडाध्यक्ष ज्यूकै भान्जाको विवाह थियो, ‘उनले भने, ‘उनी बजार आएका थिए, त्यही दिन नगरपालिकाकै कर्मचारीले कारमा बसालेर ब्रम्हदेब बजार किन लगे ।’ फसाउनकै लागि पुर्व योजना बनाएर कर्मचारीले होटलमा मदिरा सेवनका लागि लगेको उनको भनाई थियो । ‘होटलमा लग्ने, फसाउने काम कर्मचारीबाटै भयो, ‘उनले भने, ‘वडाध्यक्षमाथि आरोप लगाएर उनीहरु भागे, वडाध्यक्षलाई फसाए ।’ कारभित्रबाट निकालेर केही व्यक्तिले वडाध्यक्षमाथि उल्टै दुव्र्यवहार गरेको बताए । ‘वडाध्यक्ष ज्यूले केही गरेको छैन, ‘उनले भने, ‘प्रतिशोध साँटेर जतिसम्म अपराधको मुद्दा लगाउँन मिल्छ ।’ न्यायका लागि आन्दोलनमा होमिएको उनको भनाई थियो । स्थानीय महिलाले पनि सोझासाझा महिला अघि सारेर वडाध्यक्षलाई फसाउन खोज्नेमाथि पनि छानबिनको माग अघि सारे । ‘वडाध्यक्ष ब्रम्हदेब चौकीमा नपुग्दै बजारदेखि बेदकोट, जिमुवामा मान्छे एक्कासी कसरी पुगे ब्रम्हदेब भन्दै उनीहरुले आश्चर्यता प्रकट गरेका छन् ।’
स्थानीय महिला कलावती नाथले बचपनादेखि नै वडाध्यक्ष नाथको सो चरित्र नभएको र खहिले बुढेस कालमा केही राजनीतिकमा हार आएका मान्छेले जबरजस्ती फसाउन प्रपञ्च रहेको बताए । ‘वडाध्यक्षले त्यो गर्दै गर्दैन, उनले भनिन, ‘यतिसम्मको अपराधमा मुछेर कसैको पनि राजनीतिक सपना पुरा हुँदैन ।’
योजना बनाएर वडाध्यक्ष नाथलाई फसाएको उनले बताए । ‘वडाको विकास देखेर केही विकासबिरोधी समुह वडाध्यक्ष नाथले गरेको कामप्रति रुष्टथिए, ‘उनले भने, ‘विकास देखेर राजनीतिक भविष्य स्वाहा हुनेभएपछि मदिरा सेवन गराएर फसाएको हो ।’ वडाध्यक्ष रिहाईको माग राखेर ब्रम्हदेबमा भईरहेको अवैध मदिरा बन्द गर्न समेत माग अघि सारेका छन् । ब्रम्हदेबमा अवैध मदिराको खुलेयाम कारोबार हुँदा प्रहरीले त्यस्ता अवैध क्षेत्रमा रकम लिने र संचालन गर्न दिने दुई मान्छेले वडाध्यक्षमाथि लगाएको आरोपमा प्रहरीले पत्याएर मुद्दा चलाईहाल्ने कामले निर्दोष फसिरहेको उनीहरुको भनाई थियो । वडाध्यक्षलाई ससम्मान रिहाई नगरे आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । उनीहरुले होटल संचालिका महिलालाई सिकाएर ‘एक पिस मासु ल्याउ भन्ने विषयमा एक किस दिउ भन्न लगाएको आरोप लगाएका छन् । गत बिहीबार राती ब्रम्हदेबको एक होटलका संचालिका महिलाले आफुलाई वडाध्यक्ष नाथले एक किस खान देउ भनि दुव्र्यवहार गरेको बताएका थिए । भने, वडाध्यक्षले स्वीकार गरेका छैनन् । उनले महिलाले लगाएको जस्तो आरोप निराधार भएको बताएका थिए । महिलाले नाथ बिरुद्ध शुक्रबार जबरजस्तीकरणीमा मुद्दा दर्ता गरेकी छिन् । महिलाले वडाध्यक्षसंग तीन जना आएकाले आफुलाई मार्न आएको बताएकी थिईन् । घटना बारे अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएका छन् । एक समुहले घटना भएको अर्को समुहले होईन भन्दै वडाध्यक्षको पक्ष विपक्षमा बिरोध आन्दोलन हुनथालेपछि घटना केहो भन्नेमा अन्यौलता छाएको छ ।

ताजा समाचार