भारत हुदैं सलह फट्याङ्ग्रा नेपाल प्रवेश, कृषान चिन्तित

कोभिड–१९ले विश्वभर आतंक मचाइ रहको बेला नेपालमा सलह फट्याङग्रा प्रवेश गरेको छ । कोरोना आए सँगै लकडाउनले आर्थिक अवस्थामा कमि भएको बेला यसरी आएको सलहले सबैलाई चिन्तीत बनाएको छ । भारत हुँदै नेपालमा सलह कीरा प्रवेश गरेको हो । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरे ।

शनिबार बिहान ७ देखि ८ बजेको समयमा तराईको विभिन्न सीमाबाट नेपालमा यो फट्याङग्रा प्रवेश गरेको छ ।
यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।

केन्द्रले अहिले कृषि ज्ञान केन्द्रका बिज्ञ कर्मचारीलाई खटाएर उच्च गुणस्तरको क्यामेराबाट यो फट्याङग्राको टाउको, पेट, एन्टीना, आकार(प्रकारको फोटा खिचेर कर्मचारीलाई पठाउन निर्देशन दिएको छ । यो फट्याङग्रा नेपालमा छिरेपछि केन्द्रले दिउँसो उच्चस्तरीय कार्यदलको बैठक समेत डाकेको छ । यसअघि गत जेठ २४ गते सरकारले नेपालमा तत्कालका लागि यो फट्याङग्रा नछिर्ने दावी गरेको थियो ।

यो फट्याङग्राको एक बथान (झुण्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तानहुँदै भारत छिरेको थियो । अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो । भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, विहार, राजस्थानलगायतका स्थानमा एक महिनाअघि यो फट्याङग्राको बथान प्रवेश गरेको थियो ।

एक दिनमा फट्याङग्राहरु करिब १३० किलोमिटरसम्म बथान बनाएर हिड्न सक्छन् । फट्याङग्राको एउटा बथानले एक दिनमा करिब ३५ हजार मानिसलाई दुई छाक पुग्ने खाद्यान्न खाइदिने विज्ञहरुले बताएका छन् । यो एक दिनमा ५ सय किलोमिटरसम्म बथानमै उठान भर्छ र आफ्नो गन्तव्यमा पुगेर जमिनमा और्लन्छ ।

यो फट्याङग्राले सम्पूर्ण कृषि वालीको बोटविरुवा, बाली, फुल, डाँट, डाँटको बोक्रासम्म खाइदिने क्षमताका रहेको छ । यसको प्रवेश सँगै कृषान चिन्तित भएका छन् । यसको यथासिघ्र नियन्त्रण गर्न नसकेमो यसले ठुलो आपत्ती निम्त्याउने छ ।

ताजा समाचार

This will close in 10 seconds