उदयदेव बहुउद्देश्यीयद्धारा वातावरण संरक्षणका लागि रक्तचन्दनका विरुवा वितरण

कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित रहेको एउटा गैरसरकारी संस्थाले वातावरण संरक्षणका लागि बिरुवा वितरण गरेको छ।

शुक्रबार एक कार्यक्रमका साथ उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महेन्द्रनगरले कृष्णपुर नगरपालिकामा रहेका विभिन्न वडाहरु मा रहेका आफ्ना संस्थाका शेयर सदस्यहरु ,सामुदायिक बन,विद्यालय र होटलहरु लाई सामाजिक दुरिकायाम गर्दै बहुमुल्य दुर्लभ रक्तचन्दन का ८ हजार विरुवाहरु नि:शुल्क वितरण गरिएको सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश चन्दले जानकारी दिनु भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारी “कोभिड-१९” कोरोना भाइरसले विश्व नै त्रसित बनेको यो विषम परिस्थितिमा धार्मिक रुपमा पनि आवश्यक पर्ने हुँदा एउटा वातावरण लाई संरक्षण साथै पर्यावरण सुगन्धित बनाउनका लागि र आर्थिक रुपमा पनि केही टेवा पुग्ने उद्देश्यले बहुमुल्य बिरुवा दिइएको अधिकृत चन्दले बताएका छन् ।

महामारीको समयमा सदस्यहरु समस्यहरु लाई मध्यनजर गर्दै देशभर कोरोना रोकथाम साथै नियन्त्रणका लागि लगाइएको लकडाउनमा पनि घर घरमै गएर स्वास्थ्य सुरक्षा सामग्री लगायत पालिकाहरु लाई पनि आर्थिक सहयोग गर्दै आइरहेको गैरसरकारी संस्था हो। भने जिल्लाका विभिन्न पालिकाहरु मा शाखाहरु पनि रहेका छन।

ताजा समाचार

This will close in 10 seconds