केहि गरौँन•••कोरोनाका बेला••••

अमित प्रसाद भट्ट
भीमदत्त न. पा. ७
कञ्चनपुर

कोरोना भन्ने भाइरस हजुर विश्वमा छाको छ,
आम्ममानिसको जनजीवन अति आक्रान्त भाको छ।
चिनको बुहान दुइ हजार उन्निस विश्वमा फैलियो,
आर्थिक विकास प्रगति कठै त्यत्तिकै थलियो।

पुर्वीय दर्शन अबलम्बन गर्नु कोरोना भन्दछ,
असावधानी र हेलचक्रयाँइमा यो भाइरस रम्दछ।
भौतिक दुरी कायम गरि पर्दछ हात धुन,
यि यस्ता कुरा नअपनाएमा पर्दछ है रुन।

खानामा विशेष ख्याल गर्नुपर्छ यात्रामा सजग,
कोरोना भन्ने भाइरस कठै छ त नि गजब।
लक्डाउन मानौँ घरैमा बसौँ वेद गिता पढौन,
सार्थकता हजुर जी वनको बुझि अगाडी बढौँन।

कृषिका कर्म सावधानी साथ उब्जाउ फसल,
करेसाबारी गोड र मेल हो बानी असल।
एक खाले युद्ध भाको छ हामी सबैको माँझमा,
आरती पुजा जप र ध्यान गरौँन साँझमा।

लोकसेवा दिन तयारी गर्ने मज्जाले पढौन,
लक्डाउनलाई अवसर मानि अगाडि बढौन।
केहि काल पछि लक्डाउन खुल्ला आउलान ति दिन,
यो विश्व जगत होलानि हजुर कोरोना विहिन।

अहिलेको पढाइ कामको गराइ साथ देला त्यो बेला,
केइनि नगरि अल्छि भइ बसे गर्लान सब्ले हेला।
कोरोनाबाट नआत्तिकन गरौँन सामना,
स्वस्थ्य जीवनको सबै सबैमा छ शुभकामना।।।।

ताजा समाचार