चिल्डेन पार्क निर्माणमा भुसे ईटाको प्रयोग गरेपछि स्थानीयद्वारा वडा कार्यालयमा बिरोध

  • पुष्कर भट्ट

कञ्चनपुरको भीमदत्त नगरपालिका ८ नम्बर वडाले चिल्डेन पार्क निर्माणमा भुसेईटाको प्रयोग गरेपछि स्थानीयले बिरोध गरेका छन् ।


बुधबार वडा कार्यालयमा गएर स्थानीयले बिरोध गरेका हुन् । स्थानीय एव राप्रपा युवक संगठन कञ्चनपुरका अध्यक्ष तुल ब. थापाले वडाको उक्त योजना सहित अन्य योजनामा वडाध्यक्ष ध्वज बहादुर विष्टले आफ्नै भुसेभट्टाका ईटा प्रयोग गरेर सबै योजना कमजोर पारेको आरोप लगाए । वडामा एकलौटी हिटलर प्रवृतिले योजनामा हस्तक्षेप भईरहेकाले वडा बिरुद्ध आन्दोलन थालेको उनले बताए ।

उनले वडाबाट हुने अधिकाँस योजनामा भ्रष्टाचार भएको आरोप लगाए । स्थानीयले वडामा सार्वजनिक संरक्षण समितिमा पनि आफ्नै मान्छे राखेको लगायत एकलौटी भएको आरोप लगाएका छन् । जनताको माग पुरा नगरे पुन आन्दोलनको चेतावनी दिएका छन् । भीमदत्त नगरपालिका ८का वडाध्यक्ष ध्वज बहादुर विष्टले केहीले बिरोध गर्दैमा वडामा भ्रष्टाचार भएको भन्नु गलत भएको टिप्पणी गरे । पार्कमा ईटा कम हुने भएपनि आफ्नो ईटाभट्टाबाट नि:शुल्क ईटा दिएको स्वीकार गरेका थिए ।

ताजा समाचार