योग गुरु रामदेवले ल्याए कोरोना किट, पहीलो कोरोना आयुर्वेदिक औषधी बनाएको दावी

योग गुरु बाबा रामदेवले मंगलबार कोरोनाको आयुर्वेदिक दवाको लाँन्च गरेका छन्

विश्वव्यापी रूपमा महामारीको रूपमा देखा परेको कोरोना भाइरसको उपचार गर्न अनगिन्ती प्रयासहरू भइरहेका छन् । यसै बीच बाबा रामदेवको संस्था पतंजलिले आज मंगलबार कोरोनाको पहिलो आयुर्वेदिक औषधि कोरोनिल सार्वजनिक गरेको छ ।


योग गुरु बाबा रामदेवले मंगलबार कोरानाको आयुर्वेदिक दवाई कोरोनिल लाँन्च गरेका छन । उहाँले कोरोनिल टेबलेटले कोरोनाको विमारी ठीक भएको दावा गरेका हुन । रामदेवले कोरोनाको दवाई दुई पटक परीक्षण गरेको बताए । १०० जाना कोरोनाको विमारीमा औषधी परीक्षण गरीएको थियो जसमा ३ दिन भित्र १०० जाना विरामीमा ६९प्रतिशत कोरोना पोजेटिव बाट नेगेटिभ देखिएको हो भने ७ दिन भित्र १०० प्रतिशत विरामी ठीक भएको बताए ।

उक्त कार्यक्रममा रामदेवले भने,‘‘ सम्पुर्ण भारत र दुनिया जुन समयको प्रतीक्षा गरिरहेको थियो, आज हामी त्यो समय आएको घोषणा गर्दछौं साथै कोरोनाको दवाई तयारी भई सकेको छ । सारा संसार एविडेंस वेस्ड मेडिसिन मै आधारित भएर काम गरी रहेको छ । प्रोफेसर सिंह तोमर और हाम्रा आचार्यको संयुक्त प्रसासले कोरोनाको दवाई तैयार भएको हो ।’’

उनले भने, ‘‘ क्लीनिकल केस स्टडी मा हामीले २८० विमारीको शामिल गरेका थियौ र सर्ब निको भई सकेका छन् । क्लीनकल कंट्रोल्ड ट्रायल पनी भएको छ । पंतजलि रिसर्च सेंटर परइ र निम्समा परीक्षणमा गरीएको थियो । ९५ विमारीले भाग लिएको र ३ दिन भित्र ६९प्रतिशत निको भएको हो र ७ दिन भित्र १०० प्रतिसत विरामी निको भएको हो।’’

यो कोरोना किटमा जम्मा ३ प्रकारका औषधी श्र्वासरी बटी रु.१२० कोरोनिल रु.४०० अणुतेल रु.२५ भारतिय रुपिया जम्मा रु.५४५ भारतिय लाग्ने पंतञ्जली योग पीठले बताएको छ ।

ताजा समाचार