प्रबिधि मैत्री शिक्षक समाज नेपाल जिल्ला शाखा कंचनपुरद्वारा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न

प्रबिधि मैत्री शिक्षक समाज नेपाल जिल्ला शाखा कंचनपुरद्वारा कोरोना कहरले शिक्षा क्षेत्रमा पारेको असर, भाबी रणनीति, कार्यदिशा, सरोकारवालाको भुमिका एवम प्रबिधि मैत्री शिक्षक समाजको भुमिका विषयक बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न गरेको छ ।

प्र.शि.स. कंचनपुरको आयोजनामा आयोजित उक्त कार्यक्रम प्रबिधिमैत्री शिक्षक समाज कंचनपुरका अध्यक्ष भानुभक्त जोशिको सभापतित्व, प्रमुख अतिथी प्रबिधिमैत्री समाजका केन्द्रिय अध्यक्ष भुपती बस्याल, बिशिस्ट अतिथी सुप शिक्षा निर्देशक दुर्गा दत्त बिस्ट, कंचनपुर जिल्ला शिक्षा बिकास इकाइ प्रमुख भरतबाबु सुबेधी, जिल्ला समन्वय प्रमुख फैरु तामाङ, भिमदत न पा कार्य कारी प्रमुख पुष्कर प्रसाद भट्ट बिशिस्ट अतिथी का रूपमा भिमद्त नगर का शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, नेपाल सरकार शिक्षा शाखा अधिकृत लेखक देबिराम आचार्य ,शिक्षा समन्वय का शाखा अधिकृत रुपराम तिरुवा, लालझाडी गापा शिक्षा अधिकृत सिद्ध राज भट्ट, महाकाली अस्पताल डा गिरिस अवस्थी, प्र.शि.स.का सु.प अध्यक्ष गगाराम ओझा, प्रदेस सचिव नबराज पन्त, शिक्षकका पेशागत सघसगठन का प्रमुखहरु पुर्व श्रोत ब्यक्ती, विभिन्न बिधालय का प्र.अ.हरु शिक्षकहरु गरि १२० जना जतिको बृहत शैक्षिक अन्तरर्कृया भएको छ ।

जुम मिटिङ्ग एप को माध्यम बाट संचालित उक्त अन्तरक्रीयाको संचालन प्र.शि.स.का सद्स्य एवम सरस्वती मा बि महुलियाका शिक्षक प्रमानन्द नाथले गर्नु भएको थियो भने प्राबिधिक सहयोग, स्वागत मनत्ब्य, कार्यक्रम को उद्देस्य माथी प्रकाश प्र.शि.स कंचनपुरका उपाध्यक्ष एवम प्राबिधिक समिती सयोजक भृकुटी मा.बि.का शिक्षक बिरेन्द्र प्रसाद भट्टले गर्नु भएको थियो । कार्यक्रम मा वक्ताहरुले कोरोनाले बिधालय शिक्षा मा पारेको असर तथा स्थानीय निकायहरुले आफुले गरिरहेका प्रयास बारे प्रष्ट पारेका थिए, भिमदत्त न.पा. प्रमुख एव शिक्षा शाखा प्रमुख ले प्रबिधिमैत्री शिक्षक उत्पादन लगाएत बैकल्पिक माध्यमबाट शिक्षण सिकाइ कार्य गर्न नपा निरन्तर लागिरहेको र आगामी दिनहरुमा पनि विशेष सहयोग गर्ने कुरा राख्नु भएको थियो ।

प्रबिधिमैत्री शिक्षक समाज बिगत देखि बिधालय शिक्षामा आधुनिक प्रबिधिको प्रयोगमा जोडदिदै शिक्षक कर्मचारीहरुलाइ विभिन्न प्रकारका प्रबिधिका बारेमा तालिम दिदै आइरहेको छ । लकडाउन को समयमा पनि घर बाटै अनलाइनको माध्यम बाटदेशै भरीका शिक्षक कर्मचारीहरु लाई प्राबिधिक जानकारी दिदै आइरहेको छ ।आगामी दिनहरुमा बैकल्पिक सिकाइका लागि प्रबिधिमैत्री शिक्षकहरु तयार रहेका तर बिद्यार्थी माझ प्रबिधिको अभाव रहेको कुरा विभिन्न बक्ताहरुले राख्नु भएको थियो । बिशुद्द रुपमा शिक्षकहरु लाई प्रबिधिमुखी बनाउने उद्देश्यका साथ यश सस्थाले देशै भरि शिक्षकहरु लाई एकत्रित गर्दै प्राबिधिक तालिमहरु यलष्लिभ पय माध्यम बाट सन्चालन गर्दै आइरहेको छ ।

ताजा समाचार