पुनर्वासमा ६ स्वास्थ्यकर्मीसहित ५९ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन

महेन्द्रनगर ३१ जेठ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकाले ५९ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ ।

नगर उप–प्रमुख शारदा शर्मा विष्टले नगरपालिकाका स्वास्थ्यकर्मीसहित ५९ जनाको पिसिआर परिक्षण गरिएको बताईन् ।

उनका अनुसार शुक्रबार नगरपालिकाले किट खरिद गरि ६ जना स्वास्थ्यका कर्मचारीसहित स्वाब संकलन गरेको हो ।

‘कोरोना संक्रमणको उच्च जोखिमका रहेकाको परिक्षणका लागि स्वाब संकलन गरिएको छ’ उप प्रमुख विष्टले भनिन् ‘महामारीको जोखिममा रहेका अन्य स्थानीयको पनि पिसिआर परिक्षण गर्ने नगरपालिकाका योजना छ, तर किट नै पाउन समस्या छ, हिजो बल्ल ६० किट पाईयो ।’


नगरपालिकाले गौरी शंकर माध्यमिक विद्यालयमा रहेका वडा नम्बर १,२,४,५ र ५ का २४ जना र वडा नम्बर ७,८, र ९ का २७ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।

स्वाब संकलन गरिनेमा पिसिआर पोजेटिभ देखिएको एक स्वास्थ्यको श्रीमती र छोरा समेत रहेका छन् । त्यस्तै विजय माविमा रहेको क्वारेन्टाईनका २ जनाको पनि स्बाब संकलन गरिएको उप प्रमुख विष्टको भनाई छ ।

उनले नगरपालिकाले कोरोना नियन्त्रणका लागि सक्दो व्यवस्थापन गरिएको बताईन् । उप प्रमुख विष्ट आफै कोरोना नियन्त्रण अहोरात्र खटिएकी छिन् । हाल पुनर्वासका क्वारेन्टाईनमा एक हजार बढी व्यत्तिहरुलाई राखिएको छ ।

ताजा समाचार

This will close in 10 seconds