सुदूरपश्चिम प्रदेश सरकारद्धारा कोरोना नियन्त्रणमा सबै भन्दा बढी खर्च

महेन्द्रनगर ३१ जेठ ।


सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा हालसम्म करिब आठ अर्ब ३९ करोड खर्चको विवरण सार्वजनिक गरेको छ ।


सरकारले कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा उक्त बजेट खर्च भएको जनाएको छ ।


साथै सरकारले प्रदेशगत रुपमा पनि कोरोना नियन्त्रण भएको खर्च सार्वजनिक गरेको छ । जसमा कोरोना नियन्त्रणमा सबै भन्दा बढी बजेट खर्च गर्नेमा सुदूरपश्चिम रहेको छ । सात वटा प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपैँया खर्च भएको छ ।


संघीय सरकारले सार्वजनिक गरेको खर्च विवरणमा सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म ३६ करोड ४८ लाख ७० हजार रुपैँया खर्च गरेको जनाएको छ ।


त्यस्तै प्रदेश सरकारको कोषमा ४२ करोड ५७ लाख बढि रकम जम्मा भएकोमा ३६ करोड ४८ लाख ७० हजार खर्च भएको हो ।

त्यसै गरि प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार र कर्णालीले २३ करोड ९२ लाख ८३ हजार खर्च गरेको छ । यस्तै देशभरीका स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैँया खर्च भएको बताईएको छ ।

यस्तो छ सरकारको कोरोना खर्च विवरण

ताजा समाचार