सयौँको भिडमा गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश थिए, कञ्चनपुरका कोरोना संक्रमित

महेन्द्रनगर, २४ जेठ ।
कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । आरडिटी पोजेटिभ देखिएपछि महाकाली अस्पतालमा भर्ना भएका तिनै जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।


महाकाली अस्पताल विकास समितिका अध्यक्ष कष्णदत्त जोशीका अनुसार १ जना कञ्चनपुरको महाकाली नगरपालिकाका ३८ वर्षिय युवक, २ जना काठमाडौंका १८ र ३८ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।


तीनै जनाको महाकाली अस्पतालले कोरोना परिक्षणका लागि स्वाव संकलन गरी धनगढी प्रयोगशालामा पठाएको थियो ।


महाकाली अस्पताल व्यवस्थपन समितिका अध्यक्ष जोशीले हाल कोरोना पोजटिभ देखिएका तीनै जनाको महाकाली अस्पतालको आइसोलेसनमा उपचार भईरहेको बताए ।

उनिहरु एक हप्ता अघि गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय यस नाकाबाट सयौँको संङ्ख्यामा भारतमा रहेको नेपाली घर फर्केका थिए ।

ताजा समाचार