दोधारा चाँदनीमा जारी उपमेयर कप महिला भलिवलको उपाधी केजीएफलाई


दोधारा 

दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले आयोजना गरेको जारी उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता सम्पन्न भएको छ् । दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले आयोजना गरेको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता बिधिवतरुपमा आज आज साबिकको चाँदनी गाबिसको खुला मैदानमा सम्पन्न भएको हो । दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीका रमेश चन्दको सभापतित्वमा संचालन भएको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिताका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए भने बिशिष्ठ अतिथीमा दोधारा चाँदनी नगर स्तरिय खेलकुद समितिका संयोजक लोक बहादुर चन्द रहेका थिए ।

यस्तै अतिथीमा दोधारा चाँदनी नगरपालिका वडा नं. २ का वडा सदस्य सुरज थापा, वडा नं. ८ का वडा सदस्य जय बहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश सदस्य खिमा चन्द, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बम, मायापुरी मध्यवर्ती सामुदायिक बन समितिका अध्यक्ष धनसरा चन्द लगाएतको उपस्थिती रहेको थियो । आजको अन्तिम दिनको खेलमा शारदा सरस्वती माध्यमिक बिद्यालय र केजीएफ बिच भएको रोमाञ्चक खेलमा केजीएफको टोली बिजय भएको थियो । दोधारा चाँदनीका ८ भलिवल टिम सहभागी रहेको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगितामा बेष्ट रेजर केजीएफका ललिता भट्ट, बेष्ट सटर केजीएफका पुजा ठकुराठी, बेष्ट डिफेन्डर शारदा माध्यमिक बिद्यालयका प्रिया साँउद, टुनामेन्ट अफ द मेच केजीएफका पुजा ठकुराठी भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद धनरासी रु. १७ हजार १ सय १, द्धितिय हुने टिमलाई धनरासी रु. ११ हजार १ सय १, बेस्ट रेजरलाई रु. १ हजार १ सय ११, बेस्ट डिफेण्डरलाई रु. १ हजार १ सय ११ तथा मेडल सम्मान गरिएको दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीका रमेश चन्दले जानकारी दिएका छन् ।

प्रजातन्त्रको अवसर पारेर संचालन गरिएको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिताको उद्धघाटन गरिएको थियो । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोगमा संचालन भएको प्रतियोगिता निकै उत्साहपुर्वक खेलाडीहरुको सहभागिता रहदै आएको थियो । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले प्रतियोगितामा महिला सहभागी उत्साहजनक रहेको बताए । प्रतियोगितामा विजेता तथा उपविजेता समुहलाई पुरस्कार वितरण गर्दै दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले खेल क्षेत्रको विकास समृद्धिका लागि दोधारा चाँदनी सक्रिय रहनुपर्ने जोड दिएका छन् । नगरमा खेलकुद क्षेत्रको बिकासको लागी आफु सदा कटिबद्ध रहदै आएको बताउदै महिला खेलाडीलाई प्रोत्साहन गर्न आयोजना गरिएको प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिइने दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बताएका छन् ।


ताजा समाचार

spot_img