दोधारा

दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले आयोजना गरेको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता भोली सम्पन्न हुने भएको छ् । दोधारा चाँदनी क्रिकेट एकेडेमी दोधारा चाँदनीले आयोजना गरेको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता भोली बिधिवतरुपमा सम्पन्न हुने खेल संयोजक रमेश चन्दले जानकारी दिएका छन् ।

दोधारा चाँदनी क्षेत्रमा पहीलो पटक संचालन गरिएको उपमेयर खुला महिला भलिवल प्रतियोगितामा नगर क्षेत्रका ८ भलिवल टिम सहभागी भएको प्रतियोगिताको फाईनल खेल भोली केजीएफ बिरुद्ध शारदा माध्यमिक बिद्यालयको बिच हुने संयोजक रमेश चन्दले बताएका छन् । प्रतियोगिता निकै उत्साहपुर्वक संचालनमा हुदै आएको बताउदै संयोजक चन्दले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा धन्यबाद समेत दिएका छन् ।

प्रजातन्त्रको अवसर पारेर संचालन गरिएको उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिताको उद्धघाटन दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले बिधिवतरुपमा गए फागुन १ गते उद्धघाटन गरेका थिए । भोली अपरान्ह २ बजे उपमेयर कप नगर स्तरिय खुला महिला भलिवल प्रतियोगिता समापन हुने उपमेयर कप खुला भलिवल प्रतियोगिताका संयोजक रमेश चन्दले बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १७ हजार १ सय १, द्धितिय हुने टिमलाई रु. ११ हजार १ सय १, बेस्ट रेजरलाई रु. १ हजार १ सय ११, बेस्ट डिफेण्डरलाई रु. १ हजार १ सय ११ तथा मेडल सम्मान गरिने बताईएको छ् ।






