फ्लोरिडा इन्टरनेशनलमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत


कञ्चनपुर : फ्लोरिडा इन्टरनेशनल बोर्डिङ माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई भव्य कार्यक्रमका बीच स्वागत गरेको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको आगामी शैक्षिक यात्रा तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो। कञ्चनपुरको एक अब्बल शैक्षिक संस्थाका रूपमा परिचित फ्लोरिडा इन्टरनेशनलले वि.सं. २०६४ सालदेखि कक्षा ११ को अध्यापन सुरु गरेको हो। विद्यालयमा व्यवस्थापन र मानविकी (आर्ट) विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।

विद्यालयका प्रधानाध्यापक जयराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी सन्दीप पहरीले गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका प्राध्यापक हिक्मत दमाई र मञ्जु पनेरुले गरेका थिए। कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुतिका साथै आफूमा रहेका प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम भीमदत्त नगरपालिका–४ स्थित कलश होटलको सभाहलमा सम्पन्न भएको थियो।


Loading Viewer...

ताजा समाचार

spot_img