विद्यालयले सरस्वती पुजा सँगै, सेवा निवृत शिक्षक हरुको बिदाइ


कञ्चनपुर
भृकुटी मा.बि महेन्द्रनगरको सरस्वती पुजा सगै सेवा निवृत शिक्षक हरुको बिदाइ गरिएको छ । लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएका प्रा बि तहका शिक्षक पदम ब ऐर तथा चन्द्रा भण्डारी को औपचारिक रूपमा बिदाइ गरिएको छ तथा नवागंतुक शिक्षक बबिता दाहाल तथा इस्वरी बिस्ट लाई स्वागत गरिएको छ ।विद्यालय ले एक औपचारिक समारोह गरि उक्त कार्यक्रम को आयोजना गरेको छ। वि.ब्य.स अध्यक्ष सुशील कुमार भट्ट को सभापतितब वडान ४ अध्यक्ष लक्ष्मि बोहरा प्रमुख अतिथी रहनु भएको थियो ।
भीनपा शिक्षा शाखा प्रमुख हरिदत्त जोशी बिशिस्ट अतिथी रहनु भएको थियो । कार्यक्रम मा वडा न ४ का सदस्य ईस्वरी जोशी, सीता भट्ट,पुर्व प्र अ केशव दत्त पन्त, वि.ब्य.स पदाधिकारीहरु राजेन्द्र आग्री ज्यु ले स्वागत मन्त्व्य राख्नु भएको थियो भने वि.ब्य.स सदस्य जित ब चौधरी, वीर ब महरा,पार्वती भट्ट को उपस्थित रहेको थियो । कार्यक्रम मा बिधालय का पुर्व बिद्यार्थी पुर्व राजदुत डा माया कुमारी शर्मा तथा प्रा देबि भक्त ढकाल को उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा पुर्व बिद्यार्थी शर्मा द्वारा आफ्ना बुवा को सम्झनामा रु. एक लाखको अक्षय कोष पुनाराम माया कुमारी शर्मा अक्षयकोस को स्थापना को घोषणा गर्नु भयो ।
जुन एसईई मा उच्च अक ल्याउने बिद्यार्थी लाई सो बाट आउने ब्याज ले सम्मानित गरिने छ । कार्यक्रम मा शिक्षा शाखा प्रमुख हरि दत्त जोशि ले शुभकामना मन्त्ब्य, डा शर्मा, शिक्षक भन्डारी, पुर्व प्र अ केशव पन्त, वडा अध्यक्ष लक्ष्मी बोहरा , प्र अ केशर सिह महराले मन्त्ब्य राख्नु भएको थियो । कार्यक्रम मा शिक्षक प्रतिनिधि जानकी बोहरा तथा अन्य स्टाफ , वि.ब्य.स पदाधिकारी हरुले अतिथिहरुलाइ स्वागत तथा सम्मान गर्नु भएको थियो । कार्यक्रम बिधालय का शिक्षक बिरेन्द्र प्रसाद भट्ट ले सन्चालन गर्नु भएको थियो ।

ताजा समाचार

spot_img