कैलाली

दुबै मृगौला पीडित लालबीर विकलाई सृजनशील आमा समूहले नगद दुई लाख सहयोग गरेका छन् । पर्बत जिल्ला महाशीला गाउँपालिका १, अर्गाउदी निवासी दुबै मृगौला पीडित लालबीर विकलाई सृजनशील नेपाली समाजका सचिव मिलन सुनारले नगद दुई लाख हस्तान्तरण गरेका हुन् ।

पोखरा स्थित चरक हस्पिटलमा अर्थिक अभावले छट्पटिरहेका लालबीरको तस्बिर फेसबूकमार्फत सार्बजनिक भएपछि संस्थापक शेर सुनार, सृजनशील आमा समूहकी अध्यक्ष जानकी सुनार र सृजनशील नेपाली समाज यूकेका अध्यक्ष भक्त दर्जीको विशेष पहलपछि उक्त सहयोग जुटेको हो ।

हप्तामा दुईपटक डाइलोसिस गर्नु पर्ने भएकोले लालबीरको जीवन रक्षाका लागि आर्थिक सहयोग जुटाइदिन आफन्त जीवन सुनारले हार्दिक अपील गरेका छन् । नेपालमा हुने बिभिन्न कालखण्डमा बिभिन्न विपद र महामारीको घडीमा संस्थाले यस्ता सहयोगहरु गर्दै आएका छन् ।






