दोधारा

दोधारा चाँदनी नगरपालिकाको छटौं नगर सभा आज सम्पन्न भएको छ् । दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराको सभा कक्षमा आज दोधारा चाँदनी नगरपालिकाको छटौं नगर सभा आज सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् । दोधारा चाँदनीको समृद्धि बिकास र बिनियोजन ऐन निमार्ण संगै बिनियोजित योजनाको बिषयमा ऐतिहासिक निर्णय गदै आज दोधारा चाँदनी नगरपालिकाको छटौं नगर सभा सम्पन्न भएको हो ।


आर्थिक वर्ष २०७७/०७८ मा वडा स्तरिय १ सय २ वटा योजना र ३ वटा नगर स्तरिय योजना संशोधन गरिएको छ् । सभाले चालु खर्चका बिभिन्न शिर्षकहरुबाट रु. १ करोड सन्तावन्न लाख ५० हजार रकम पुँजीगत खर्चमा रकमान्तर गरिएको छ् । आर्थिक बिकास समितिका संयोजक ज्ञानेन्द्र बहेक क्षेत्रीले प्रस्तुत बजेट संशोधनमा पाँचौ नगर सभाबाट बिभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन भई कार्यान्वनको चरणमा रहेका केही सम्पन्न भईसकेका, केही योजना तथा कार्यक्रम संशोधन गरि हालको परिप्रेक्षमा जनभावना अनुसार बजेट बिनियोजन गर्दा जनताको धेरै समस्या हुने तथा कार्यान्वयमा समेत सहजता भएको भन्दै संशोधन प्रस्ताव अघि सारेका थिए ।


सदस्यहरुले उठाएका जिज्ञासालाई बिषयगत समितिका पदाधिकारी तथा नगर प्रमुखले क्रमिकरुपमा जवाफ दिएका थिए । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले नगर सभा भब्यताको साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । ‘ऐतिहासिक नगर सभा सभ्य–भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद’ दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले भने । नगर सभा दोधारा चाँदनीका जनताहरुको समृद्ध र बिकासमा फलदायी रहेको बताईएको छ् । नगरको समृद्धि र बिकासमा लाग्न सबै जनप्रतिनिधीहरुलाई नगर प्रमुखले अनुरोध समेत गरेका छन् ।






