दोधारा चाँदनीमा भोली कोरोना विरुद्धको खोप लगाईदै


दोधारा

राष्ट्रिय खोप कार्यक्रम कार्यक्रम अन्तर्गत कोभिड–१९ विरुद्धको खोप भोली दोधारा चाँदनीमा समेत लगाईने भएको छ् । उक्त खोप पहिलो चरणमा कोरोना भाईरस नियन्त्रणको लागी अग्रपंक्तीको दोस्रो लहरमा रहेर काम गर्नेहरुका लागी तथा खोप लगाउने छुटेकाहरुलाई लगाईने दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा लगाईने माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले जानकारी दिएका छन् ।

राष्ट्रसेवक कर्मचारी, खोप लगाउने छुटेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार र सुरक्षाकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाईने माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखाका शाखा प्रमुख जय बहादुर महराले बताएका छन् । यस अघि नेपाल सरकारले चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाएका हो । यस पटक भने खोप लागाउन छुटेका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका र सुरक्षाकर्मी र फ्रन्टलाइनको दोस्रो लहरमा रहेका पत्रकारहरुलाई समेत खोप दिईन लागिएको बताईएको छ् ।

तर खोप लगाउन नचाहनेहरुलाई दबाव भने नदिइने पौडेलले बताईएको छ् । संघिय सरकारको निर्देशन अनुसारको मापदण्डकै आधारमा खोप लगाइने प्रवक्ता माहाकाली नगरपालिका कार्यालय स्वास्थ्य शाखा कार्यालयले जनाएको छ् । आउदो ६ गते सम्म विभिन्न खोप केन्द्र मार्फत लक्षित समूहमालाई खोप दिने कार्यक्रम रहेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

 


ताजा समाचार

spot_img