जनयुद्ध दिवसकै दिन कञ्चनपुरका बिसी र जोशीद्वारा जनवादी विवाह


 काठमाण्डौँ

२६ औँ जनयुद्ध दिवसकै दिन कञ्चनपुरका दुई युवा युवा युवतीले जनवादी अन्तरजातिय विवाद गरेका छन । नेकपा अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को प्रमुख आथित्यमा जनयुद्ध दिवसकै दिन नेकपा पार्टी कार्यालय पेरिडाँडा काठमाण्डौँमा भीदत्त नगरपालिका १६ बसन्तपुकी लक्ष्मी जोशी र भीमदत्त नगरपालिका ५सुकासालका बिरेन्द्र विसीले अन्तरजातिय विवाह गरेका हुन ।

बिसी अखिल क्रान्तिकारीका पुर्व केन्दीय सचिवालय सदस्य तथा नेकपा कञ्चनपुरका जिल्ला सदस्य हुन, भने जोशी अखिल क्रान्तिकारी पुर्व केन्दीय सदस्य तथा हाल सुप विश्वविद्यालयका प्रशासकीय अधिकृत हुन । दुवै योद्धाले आफुहरु क्रान्तिकारी योद्धा भएर समाजमा जातिय विभेद अन्त्य परिर्वतनका लागि आफैबाट शुरुवात भन्दै भावनात्मक रुपमा एक भएको बताएका छन । युगौँदेखि जात र कामका आधारमा गरिएको विभेदको अन्त्यका लागि बैवाहिक जिवनमा जोडिएको बताएका छन । दुलाह दुलहीलाई फुलमाला लगाउँदै नेकपा अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले विभेद अन्त्यका लागिआँट गर्नुभएको बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नेकपामा जिल्ला केन्दीय केन्दीय शिर्ष नेताहरुको सहभागिता रहेको थियो । उनीहरुको विवाहलाई धेरैले वास्तविक रुपमा समाज विभेदका लागि ठुलो साहसका रुपमा लिएका छन । दलित र गैर दलित भित्र अझैपनि जातिय विभेद रहेकाले जातिय विभेद अन्त्यका लागि आफैबाट व्यवहार परिर्वतन गरिएको साहसिक कदम भएको प्रसंसा गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img