कञ्चनपुरमा जनयुद्ध दिवस प्रचण्ड नेपाल पक्षद्वारा रक्तदान ओली पक्षद्वारा बृद्धआश्रममा खाद्यान्न

कञ्चनपुर

आमूल परिर्वतनका लागि अढाई बर्षअघि तत्कालिन नेकपा माओवादी पार्टी जनयुद्धमा होमियो । जनयुद्ध दिवसको स्मृतिमा हरेक १ फागुनमा माओवादी धारका पार्टीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन । मुलुकमा एकतन्त्रिय राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य गर्दै नयाँ संविधान सहित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना गर्ने संकल्पका लागि थालिएको जनयुद्धलाई उत्सवकै रुपमा मनाउन थालिएको हो । ०५२ सालमा थालनी गरिएको जनयुद्ध दोस्रो जनआन्दोलन २०६२/०६३ यता विस्तृत शान्ति सम्झौता पश्चात युद्ध रोकिएको थियो । जनआन्दोलन पश्चात पहिलो दोस्रो संविधान सभा निर्वाचनबाट सविधान बन्यो ।

नयाँ संविधानसंगै प्रतिनिधी र प्रदेश सभा निर्वाचन पश्चात मुलक संघीय शासन प्रणालीमा गएको छ । तत्कालिन माओवादीले जनयुद्धकै बेला शान्तिप्रकृयामा आईपुग्दासम्म जनयुद्ध दिवसलाई भव्यताका साथ मनाउँदै आएको थियो । २६ औँ जनयुद्ध दिवस मनाउँदासम्म नेकपा माओवादी पार्टी टुटफुटमा परिणत भएपनि उनीहरुले जनयुद्ध दिवसलाई निरन्तरता दिदै आएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीविच एकिकण भएसंगै संसद विघटन पछि फुटको छ । तैपनि माओवादी घटक राजनीतिक दल, नेता, कार्यकर्ता एव सिङ्गो पार्टी पङक्तिले देशैभरी जनयुद्ध दिवस मनाएका छन । नेकपा क्रान्तिकारी बैद्य माओवादी, नेकपा विप्लव, नेकपा प्रचण्ड नेपाल पक्ष र नेकपा ओली पक्षीय नेताहरुले जनयुद्ध दिवस मनाएको बताएका छन । यस अघि माओवादीले मात्रै मनाउँदै आएको जनयुद्ध दिवस अव पार्टी फुटसंगै विभिन्न पार्टीहरुले मनाउने भएका छन, तर पार्टीफुटसंगै उत्सवमा हर्षोत्लाह भने देखिएको छैन । विगतमा बर्षहरुमा संगै जनयुद्ध दिवस मनाएका माओवादी नेताहरुले विगतमा माओवादीबाट नेकपा बैद्य, मातृमा माओवादी, नेकपा विप्लव लगायत टुटफुटसंगै गत बर्ष संगै जनयुद्ध दिवस मनाएको पुर्व माओवादी र पुर्व एमाले (नेकपा) का नेताहरुले यस बर्ष अलग अलग मनाएका छन ।

जनयुद्ध दिवसकै अवस पारेर नेकपा प्रचण्ड, नेपाल र ओली पक्षीय नेकपा कञ्चनपुरले छुट्टाछुट्टै रुपमा दिवस मनाएका छन । नेकपा कञ्चनपुरका ओली पक्षीयले जनयुद्ध दिवसकै दिन बेदकोट नगरपालिका ८ रौटेला बैजनाथ बृद्धआश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर दिवस मनाएको छ । नेकपा कञ्चनपुर क्षेत्र नम्बर १का सह संयोजक तथा ओली पक्षीय नेता राधाकृष्ण जोशी(ज्वाला)ले बृद्धआमश्रमा आश्रित जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर दिवस मनाएको बताए । उनका अनुसार दिवसका अवसरमा असहाय नागरिकलाई खाद्यान्न दाल, चामल, तेल, नुन फलफुल वितरण गरिएको बताए । नेकपा ओली पक्षीय केन्दीय सदस्य एव संविधान सभा सदस्य कृपाराम राना, कलसा महरा केन्दीय सदस्य ओम विक्रम भाट, कर्ण हमाल, एकिकृत नेपाल शिक्षक संगठन सुप प्रदेश बरिष्ठ उपाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट सहितका नेता कार्यकर्ताको उपस्थितिमा जनयुद्ध दिवसमा बृद्धआश्रममा फलफुल एव खाद्यान्न वितरण गरिएको थियो । नेकपा कञ्चनपुरका कार्यालय सदस्य तथा प्रचण्ड नेपाल पक्षीय नेता देपेन्द्र ढुङगानाले सहिदलाई सम्झिदै सहित वेपत्ता परिवारलाई सम्मान गरेर दिवस मनाएको बताए । उनका अनुसार जिल्लाका सबै पालिकामा दिवस मनाएको छ ।

जनयुद्ध दिवसकै अवसमा नेकपा प्रचण्ड नेपाल पक्षीय युवा र विद्यार्थी संगगठनले संयुक्त रुपमा रक्तदान गरेका छन । राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष एव प्रचण्ड नेपाल पक्षका नेता शुचित्र शाहले युवा विद्यार्थीले नेपाल रेडक्रस सोसाईटी शाखा महेन्द्रनगरमा रक्तदान गरेको बताए । ‘देश र जनताकोमुक्तिका लागि हामीले रगत बगाएर जनयुद्ध शुरुवात गरेका थिए, ‘उनले भने, ‘ठिक त्यसैगरि अझै पनि देश र जनताका लागि रगत बनाउन र दिन तयार रहेको सन्देश दिन रक्तदान गरेका छौँ ।’ अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरीले जनयुद्धको स्मृतिमा रेडक्रसमा रक्तदान जिवन दान समर्पण स्वरुप रक्तदान गरिएको बताए । युवा संघ केन्दीय सदस्य रामचन्द्र रेग्मी र अनेरास्ववियूका जिल्ला संयोजक बिरेन्द्रराज विष्ट सहित १४जनाले रक्तदान गरेका थिए । नेकपा कञ्चनपुरका पार्टी अध्यक्ष एव ओली समुहका नेता बीर बहादुर थापाले जनयुद्धको अवसरमा सहितको सम्मान गरिने बताए । नेकपा क्रान्तिकारी बैद्य माओवादी सुदूरपश्चिम प्रदेशका सेक्र्रेटरी राम बहादुर महरा (चिन्तक)ले जनयुद्ध दिवस प्रदेशभरी दिवस मनाईएको बताए ।

‘जनयुद्ध दिवस उत्सवका साथ मनाईरहेका छौँ, ‘उनले भने, ‘यो त हामी माओवादीहरुका लागि ऐतिहासिक पर्व हो ।’ नेकपा विप्लवले समेत सुप प्रदेश भरी लजनयुद्ध दिवस मनाईरहेको बने जनाएको छ । नेकपा सेती महाकाली ब्यूरो नेता सहदेवले सुप प्रदेशका ९ वटै जिल्लामा जनयुद्ध दिवस अबसरमा मसाल जुलुसदेखि सभा गरेर मनाईएको बताए । उनका अनुसार सहितको सम्मान एव विभिन्न एक आपसमा खुसियालीका साथ दिवस मनाईनेछ । ‘अझै पनि जनयुद्धका केही बाँकी कार्यभार पुरा भएका छैनन, ‘उनले भने, ‘सो सहित पुरा हुने सकल्पका साथ दिवस मनाउँछौँ ।’ उनका अनुसार शहिदको सम्झनामा कार्यक्रम गरिने छ । जनयुद्धका बाँकी कार्यभार पुरा गर्नका लागि क्रान्तिकारीको काँधमा आएको उनले बताए । उनले शुभकामना सहित खुसियालीका साथ दिवस मनाईने बताए । पुर्व जनमुक्ती सेनाका नेपाली सेनामा समायोजन एव पुर्नस्थापना भएसंगै उनीहरुले जनयुद्ध दिवस औपचारिक रुपमा मनाउँदैनन् । समायोजन अघि जनमुक्ती सेनाले पनि भव्य रुपमा मनाउदै आएको थियो । विप्लव निकट नेकपाले जनयुद्धका बाँकी कार्यभार पुरा गर्नका लागि अझै संघर्ष जारी रहेको जनाउदै एकिकृत जनक्रान्तिको विकल्प नभएको जनाएको छ । नेकपा विप्लवले बैतडीमा समेत भव्य रुपमा जनयुद्ध दिवस मनाएको छ ।

नेकपा बैतडीका एक दिपेन्द्र सिह ऐरीले बैतडीका विभिन्न स्थानमा दिवस मनाएको बताए । गत फागुन २८ देखि नेकपा विप्लवमाथी प्रतिबन्ध लगाएपछि विप्लवले जनयुद्ध दिवसलाई निरन्तर मनाउने जनाएको छ । यता संगै जनयुद्ध लडेका डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति हुँदै समाजवादीमा परिणमत भएको छ । फरक विचारधारा बोकेकाले जनयुद्ध दिवस मनाउन छाडेको छ । तर,भट्टराईतर्फ गएका पुर्व माओवादी नेता कार्यकर्ताहरुले समेत जनयुद्ध दिवसलाई सम्झिरहेका छन । उनीहरुले दिवस सम्झिदै पार्टीको औपचारिक निर्णय नभएपनि दिवसमा सहितलाई सम्झिएका छन । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति पार्टीसंगै जसपामा पार्टी एकिरण गरेका छन । जनयुद्धको मर्म भावना अनुरुप आएको परिर्वतनलाई आत्मसाथ गर्दै देश र जनताको हितका जुटन दलहरुलाई जनताको आग्रह गर्दै आएका छन ।

ताजा समाचार

spot_img